logo

मंगलबार, २३ भाद्र २०८३

मंगलबार, भाद्र २३ २०८३

गरिमा विकास बैंकको डेविट र क्रेडिट कार्ड मार्फत अनलाईन भुक्तानी गर्न सकिने

गरिमा विकास बैंकको डेविट र क्रेडिट कार्ड मार्फत अनलाईन भुक्तानी गर्न सकिने


  • शुक्रबार, माघ ११ २०८१
  • 975
    SHARES

    काठमाडौं ।  गरिमा विकास बैंक लिमिटेडले थ्रिडी सेक्योर ई–कमर्श सेवाको सुरुवात गरेको छ ।

    नेपाल क्लियरिङ्ग हाउस लिमिटेड (एनसीएचएल) को सहकार्यमा गरिमा विकास बैंकको डेविट तथा क्रेडिट कार्ड मार्फत सिधै रकम भुक्तानी गरी विभिन्न अनलाईन प्लेटफर्महरु मार्फत वस्तु तथा सेवा खरिद गर्न सकिने थ्रिडी सेक्योर ई–कमर्श सेवाको सुरुवात गरेको हो ।

    उक्त सेवा सुचारु गर्न चाहने विकास बैंकका डेविट तथा क्रेडिट कार्डहोल्डर ग्राहकहरुले गरिमा विकास बैंकमा सम्पर्क गरी आफ्नो कार्डमा ई–कमर्श सुविधा सुचारु गर्न सक्नेछन् जसबाट सुरक्षित, गुणस्तरीय एवं ग्राहकमैत्री अनलाईन भुक्तानीको अनुभव गर्न सकिने जनाएको छ ।

    अनलाईन मार्फत वस्तु तथा सेवा खरिद गर्ने ग्राहकहरुको यस विकास बैंकमा रजिष्टर गरिएको मोबाईल नम्बरमा ओटिपी जाने व्यवस्था मिलाईएले कारोबार थप सुरक्षित एवं गुणस्तरीय हुने विश्वास रहेको छ ।

    प्रकाशित : शुक्रबार, ११ माघ २०८१ , ०६:१३ बिहान
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित न्युज
    ताजा अपडेट

    © 2026 All right reserved to loksarathi.com | Site By : SobizTrend