logo

मंगलबार, २३ भाद्र २०८३

मंगलबार, भाद्र २३ २०८३

कृषि विज्ञ मदन राई बाल यौन दुरुपयोगको मुद्दामा दोषी ठहर, जेल जान तयारी

कृषि विज्ञ मदन राई बाल यौन दुरुपयोगको मुद्दामा दोषी ठहर, जेल जान तयारी


  • आइतबार, माघ १३ २०८१
  • 468
    SHARES

    धरान : कृषि विज्ञ मदन राईलाई बाल यौन दुरुपयोगको मुद्दामा दोषी ठहर गरिएको छ। दिक्तेल रुपाकोट मझुवागडी नगरपालिका-२ स्थित सुभद्रा मदन फाउन्डेसनद्वारा सञ्चालित जनजागृति माविका नाबालिकालाई यौन दुर्व्यवहार गरेको मुद्दामा खोटाङ जिल्ला अदालतले राईलाई दोषी ठहर गरेको हो।

    विद्यालयका एक छात्राले राईविरुद्द यौन दुरुपयोगको अभियोगमा जिल्ला प्रहरी कार्यालय खोटाङमा किटानी जाहेरी दिएकी थिइन्। त्यसपछि प्रहरीले घटनाको अनुसन्धान गरेर जिल्ला सरकारी वकिल कार्यालयमार्फत उक्त मुद्दा अदालतमा दर्ता गरेको थियो।

    अदालतको निर्णय

    जिल्ला अदालत खोटाङका न्यायाधीश नारायण दाहालको इजलासले राईलाई दोषी ठहर गरेको पुष्टि गर्दै अदालतका श्रेस्तेदार सिताराम खडकाले जानकारी दिएका छन्। अदालतको आदेशअनुसार राईलाई जेल जान तयारी गराइरहेको छ। यसअघि राईलाई पक्राउ गरेर धरौटीमा छाड्न आदेश दिइएको थियो।

    कैद सजायको फैसला आउन बाकी

    अदालतले राईलाई दोषी ठहर गरेपछि, अब कैद सजायको फैसला माघ २५ गतेको इजलासमा आउने जनाएको छ। यस मुद्दामा कैद सजायको फैसला पछि राईको भविष्य तय हुनेछ।

    प्रकाशित : आइतबार, १३ माघ २०८१ , ०६:५६ बिहान
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित न्युज
    ताजा अपडेट

    © 2026 All right reserved to loksarathi.com | Site By : SobizTrend