logo

शनिबार, ९ साउन २०८३

शनिबार, साउन ९ २०८३

कांग्रेस नगर सभापति सडकपेटीमै मृत भेटिए

कांग्रेस नगर सभापति सडकपेटीमै मृत भेटिए


  • शनिबार, माघ १९ २०८१
  • 676
    SHARES

    कञ्चनपुर । नेपाली कांगेसका नगर सभापति मृत अवस्थामा भेटिएका छन् । भीमदत्त नगरपालिकाका नगर सभापति अच्युत कलौनी आज (शनिबार) बिहान सडकपेटीमा मृत भेटिएका हुन् । कलौनी भीमदत्त नगरपालिकाको–१८ को वडा कार्यालयबाट सय मिटर पश्चिमतिर सडक पेटीमा घोप्टो परेको अवस्थामा मृत भेटिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका एसपी चक्रराज जोशीले जानकारी दिए ।

    ‘शरीरमा घाउ चोट केही पनि छैन,’ उनले भने, ‘अनुसन्धान सुरु गरेका छौं ।’ कलौनीको घर पनि सोही क्षेत्रमा हो । उनको घर घटनास्थलबाट ५०० मिटरको दूरीमा छ । अहिले घटनास्थलमा प्रहरी पुगेको छ । प्रहरीले घटनास्थल सिल गरेको छ । चिकित्सकसहित टोली मगाइएको प्रहरीले जनाएको छ । मृत्युको कारण खुलेको छैन ।

    नेपाल विद्यार्थी संघको राजनीतिबाट कांग्रेसको मूल राजनीतिमा आएका कलौनी हाल भीमदत्त नगर कार्यसमितिको सभापति थिए । नेपाल विद्यार्थी संघको केन्द्रीय सहमहामन्त्री समेत भइसकेका उनी महेन्द्रनगरको बैजनाथ माध्यमिक विद्यालयको व्यवस्थापन समितिको अध्यक्ष थिए ।

    प्रकाशित : शनिबार, १९ माघ २०८१ , ०३:५५ बिहान
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित न्युज

    © 2026 All right reserved to loksarathi.com | Site By : SobizTrend