लोकसारथि, माघ २७ । वन पैदावार र जडीबुटीको बेचबिखनबाट गण्डकी प्रदेश सरकारले पछिल्लो सात वर्षमा १ अर्ब १३ करोड ५० लाख १२ हजार तीन सय ८८ राजस्व सङ्कलन गरेको छ । वन तथा वातावरण मन्त्रालयको तथ्याङ्कअनुसार यस अवधिमा राष्ट्रिय तथा निजी वनबाट करिब ६५ हजार क्युफिट काठ र १२ हजार एक सय ४३ चट्टा दाउरा उत्पादन भएको छ । आठ लाख दुई हजार छ सय २९ किलो जडीबुटी सङ्कलन गरिएको मन्त्रालयले जनाएको छ ।
वन पैदावारको सङ्कलनलगायत कामबाट करिब २५ लाखभन्दा बढी श्रमदिनको रोजागारी सिर्जना भएको मन्त्रालयका सूचना अधिकारी राजेश पौडेलले जानकारी दिए । सामुदायिक वन उपभोक्ता समूहले वन पैदावार र जडीबुटी उत्पादन र सङ्कलनबाट बर्सेनि करोडौँ रुपैयाँ आम्दानी गर्ने गरेको उनको भनाइ छ ।
मन्त्रालयले दण्ड–जरिवाना, काठ, दाउरा, जडीबुटी, ठेक्का बिक्री आदिबाट राजस्व सङ्कलन गर्दै आएको छ । जडीबुटीको व्यावसायिक उत्पादन र वन पैदावारमा आधारित उद्योग विस्तार गर्नसके उपभोक्ताको आयआर्जन थप बढ्ने उनले बताए ।
वनजन्य उत्पादनको उचित व्यवस्थापन र उपयोग नहुँदा स्रोतसाधन यसैखेर जाने अवस्था छ । सामुदायिक वन उपभोक्ता महासङ्घका केन्द्रीय सदस्य प्रेम लामिछानेले वन क्षेत्रमा रहेका खाली जग्गामा फलफूलजन्य बोट बिरुवादेखि जडीबुटी खेती विस्तारमा राज्यले जोड दिनुपर्ने बताए ।
-
१.
-
२.
-
३.
-
४.
-
५.
-
६.
-
७.
-
८.
-
९.
-
१०.
