logo

शनिबार, २७ भाद्र २०८३

शनिबार, भाद्र २७ २०८३

एमाले सचिवालय बैठक आज बस्दै, अध्यादेश पारित गर्ने रणनीति तय गरिने

एमाले सचिवालय बैठक आज बस्दै, अध्यादेश पारित गर्ने रणनीति तय गरिने


  • आइतबार, फाल्गुन १८ २०८१
  • 884
    SHARES

    काठमाडौं – नेकपा एमालेको सचिवालय बैठक आज अपराह्न २ बजे बस्दै छ। बैठक पार्टीको केन्द्रीय कार्यालय च्यासलमा बस्ने केन्द्रीय कार्यालय सचिव भिष्म अधिकारीले जानकारी दिएका छन्। बैठकमा सरकारले ल्याएका अध्यादेश पारित गर्ने विषयमा छलफल हुने बुझिएको छ।

    सत्ता साझेदार दलहरुको दबाबपछि बैठक बोलाइयो

    सत्ता–सहकार्यमा रहेको नेपाली कांग्रेसले पनि अध्यादेश पारित गर्न दबाब बढाएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले सचिवालय बैठक बोलाएका हुन्। सरकारले ल्याएको अध्यादेश सदनबाट पारित हुने अवस्था कमजोर देखिएपछि प्रधानमन्त्री ओलीले दबाब महशुस गर्दै निर्णायक रणनीति बनाउने तयारी गरेका छन्।

    अध्यादेश पारित गर्ने चुनौती

    सरकारमै रहेका केही दलहरूले नै अध्यादेशको विरोध गरेपछि प्रधानमन्त्री ओली अप्ठ्यारोमा परेका छन्। यसै सन्दर्भमा आजको सचिवालय बैठकमा सत्ता गठबन्धनभित्रको असमझदारी हल गर्न आवश्यक रणनीति बनाइने अपेक्षा गरिएको छ।

    सचिवालय बैठकपछि एमालेको आधिकारिक धारणा बाहिर आउने अनुमान गरिएको छ।

    प्रकाशित : आइतबार, १८ फाल्गुन २०८१ , ०५:५० बिहान
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित न्युज
    ताजा अपडेट

    © 2026 All right reserved to loksarathi.com | Site By : SobizTrend