लोकसारथि, १९ फागुन । नेपाल विद्यार्थी संघ (नेविसंघ) ले आगामी ५ चैतमा हुने स्ववियु निर्वाचनको तयारीलाई प्रभावकारी बनाउन १४ वटा समिति गठन गरेको छ। नेविसंघ अध्यक्ष दुजाङ शेर्पाका अनुसार, प्रत्यक्ष तथा समानुपातिक तर्फका उम्मेदवारहरूको जित सुनिश्चित गर्न यी समिति गठन गरिएको हो।
समितिहरूमा विभिन्न जिम्मेवारी तोकिएका छन्। प्रचार-प्रसार समितिको संयोजक यङ्जोर कार्की, घोषणापत्र तयारी समितिको संयोजक विकल राई, स्ववियु निर्वाचन साक्षरता तथा अभिमुखीकरण समितिको संयोजक सुशान्त आचार्य, अन्तर विद्यार्थी संगठन समन्वय समितिको संयोजक पंकजकुमार क्षेत्रीलाई तोकिएको छ।
पूर्वतयारी अनुसार आठ समिति बनाउने योजना थियो तर पार्टीभित्रका विभिन्न समूहहरूलाई समेट्नका लागि संख्या बढाएर १४ पुर्याइएको हो। सभापति शेरबहादुर देउवा, महामन्त्री गगन थापा र संस्थापनइतरका नेता डा. शेखर कोइराला पक्षलाई यी समितिहरूमा भागबन्डा गरिएको छ। कोइराला पक्षलाई चारवटा समितिको संयोजक पद दिइएको छ भने महामन्त्री गगन थापा पक्षबाट तीन जना संयोजक चयन भएका छन्।
स्ववियु निर्वाचनमा प्रभावशाली उपस्थिति जनाउन तथा संगठनात्मक संरचना मजबुत बनाउन नेविसंघले ती समितिहरू सक्रिय बनाउने जनाएको छ।
-
१.
-
२.
-
३.
-
४.
-
५.
-
६.
-
७.
-
८.
-
९.
-
१०.
