लोकसारथि, २३ फागुन । ज्यान मार्ने उद्योगमा दोषी ठहर भएका राजीव गुरूङ उर्फ दीपक मनाङेले आफ्नो कैद सजायमा २० प्रतिशत छुट पाएका छन्। जिल्ला अदालत काठमाडौंका न्यायाधीश कमलप्रसाद पोखरेलको इजलासले मनाङेलाई बाँकी सजायमा २० प्रतिशत छुट दिने आदेश दिएको हो।
मनाङेले फागुन १२ गते मुलुकी ऐन दण्ड सजायको ४१ (क) बमोजिम सजाय छुटका लागि अदालतमा निवेदन दिएका थिए। सोही निवेदनअनुसार उनलाई छुट दिने आदेश भएको जिल्ला अदालतका सूचना अधिकारी दीपकुमार श्रेष्ठले जानकारी दिए।
मुलुकी ऐनअनुसार छुट
मुलुकी ऐन दण्ड सजायको ४१ (क) अनुसार, अन्तिम फैसला भएको ६० दिनभित्र अदालतमा आत्मसमर्पण गरेमा कैद तथा जरिवानामा २० प्रतिशत छुट दिने व्यवस्था छ। सोही प्रावधानअनुसार मनाङेले सजाय छुट पाएका हुन्।
गत कात्तिक २० गते सर्वोच्च अदालतले उनलाई ज्यान मार्ने उद्योगमा दोषी ठहर गरेको थियो। कात्तिक २७ गते मनाङे अदालतमा उपस्थित भएका थिए। अदालतले उनलाई पाँच वर्ष कैदको फैसला सुनाएको थियो।
अब कति समय जेल बस्नुपर्ने?
यसअघि उनले २ वर्ष ८ महिना जेल जीवन बिताइसकेका कारण उनको बाँकी २ वर्ष ४ महिना कैद रहने अवस्था थियो। तर, अब २० प्रतिशत छुटपछि उनको सजायमा थप कटौती हुनेछ।
अदालतको आदेशपछि मनाङेको जेल बसाइको अवधि थप घट्ने देखिएको छ।
-
१.
-
२.
-
३.
-
४.
-
५.
-
६.
-
७.
-
८.
-
९.
-
१०.
