लोकसारथि, २३ फागुन । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले प्रेस स्वतन्त्रता कुण्ठित हुने कुनै पनि प्रकारको कानुन नबन्ने स्पष्ट पारेका छन्।
अर्थप्रधान सञ्चारमाध्यमहरूको छाता संस्था इकोनोमिक मिडिया एशोसिएशन नेपाल (इमान)को दोस्रो वार्षिकोत्सव तथा साधारण सभालाई शुक्रबार काठमाडौंमा सम्बोधन गर्दै सभामुख घिमिरेले संविधान प्रदत्त प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको मर्म विपरीत कुनै पनि निर्णय नहुने बताए।
“संसद्मा विचाराधीन विधेयकबारे तपाईंहरूको चासोबारे म जानकार छु। प्रेस स्वतन्त्रतामाथि कुनै पनि हालतमा बन्देज लगाउने काम हुँदैन÷हुने छैन,” उनले भने। उनले कुनै पनि कानुनले पत्रकारिताको स्वतन्त्र अभ्यासमा अवरोध गर्न नहुने, सूचनाको पहुँच रोक्न नहुने र पारदर्शिता कमजोर पार्न नहुनेमा विशेष जोड दिए।
सङ्क्रमणकालीन अर्थतन्त्र र सञ्चार क्षेत्रको भूमिका
देश हाल सङ्क्रमणकालीन अर्थतन्त्रको चरण पार गर्दै उद्योग, पूर्वाधार विकास, वित्तीय स्थायित्व र लगानीमैत्री वातावरण निर्माणतर्फ अघि बढिरहेको उल्लेख गर्दै उनले सरकार, निजी क्षेत्र, वित्तीय संस्था र सञ्चार क्षेत्रबीच सुदृढ सहकार्य आवश्यक रहेको धारणा राखे।
सभामुख घिमिरेले तथ्यमा आधारित पत्रकारिताका लागि आवश्यक तथ्याङ्क उपलब्ध गराउने प्रवृत्ति कमजोर रहेको बताए। विज्ञापन र आर्थिक लाभका कारण कतिपय अवस्थामा समाचार सङ्कलन प्रभावित हुने भन्दै उनले चिन्ता व्यक्त गरे।
उनले आर्थिक पत्रकारिता केवल समाचार सम्प्रेषणको माध्यम मात्र नभई नीति निर्माण र दिगो विकासलाई दिशा दिने महत्त्वपूर्ण साधन हुनुपर्नेमा जोड दिए।
-
१.
-
२.
-
३.
-
४.
-
५.
-
६.
-
७.
-
८.
-
९.
-
१०.
