logo

शनिबार, २७ भाद्र २०८३

शनिबार, भाद्र २७ २०८३

राप्रपाद्वारा प्रचण्डको अभिव्यक्तिप्रति कडा आपत्ति

राप्रपाद्वारा प्रचण्डको अभिव्यक्तिप्रति कडा आपत्ति


  • शनिबार, चैत्र २ २०८१
  • 845
    SHARES

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पूर्वराजा ज्ञानेन्द्र शाहमाथि तुच्छ, अमर्यादित र विनाप्रमाणको लाञ्छना लगाएको भन्दै कडा आपत्ति जनाएको छ।

    राप्रपाका महामन्त्री तथा आन्दोलन परिचालन समितिका संयोजक डा. धवलशमशेर राणाको अध्यक्षतामा बसेको बैठकले पूर्वराजामाथि लगाइएका आरोपलाई भर्त्सना गर्दै राप्रपा मुकदर्शक बनेर नबस्ने निष्कर्ष निकालेको प्रवक्ता सगुनसुन्दर लावतीले जानकारी दिए।

    बैठकले प्रचण्डको अभिव्यक्तिलाई अत्तालिएको, सन्तुलन गुमाएको अभिव्यक्ति भन्दै खण्डन गरेको छ। प्रवक्ता लावतीले भने, ‘नेपाली जनता परिवर्तनको पक्षमा देखिएपछि अत्तालिएर पुष्पकमल दाहालले सन्तुलन गुमाएको आम नेपाली जनताले राम्ररी बुझेका छन्। परिवर्तन देश र समयको आवश्यकता हो, परिवर्तन निश्चित छ।’

    हिजो मेलम्ची पुगेका प्रचण्डले पूर्वराजामाथि ‘भाइमारा, मूर्ति चोर र सुन तस्कर’ भएको आरोप लगाएका थिए। उनका यही अभिव्यक्तिप्रति राप्रपाले असन्तोष प्रकट गर्दै प्रमाणबिना कसैलाई लाञ्छित गर्नु गम्भीर विषय भएको जनाएको छ।

    राप्रपाले आगामी दिनमा यस्ता भ्रामक अभिव्यक्तिहरूको कडा विरोध गर्ने चेतावनी दिएको छ।

    प्रकाशित : शनिबार, २ चैत्र २०८१ , ०१:०८ बेलुका
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित न्युज
    ताजा अपडेट

    © 2026 All right reserved to loksarathi.com | Site By : SobizTrend