लोकसारथि, ४ चैत । त्रिभुवन विश्वविद्यालय अन्तर्गतका अधिकांश क्याम्पसहरूमा मंगलबार स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचन हुँदैछ । क्याम्पस प्रशासनहरूले आवश्यक तयारी पूरा भइसकेको जनाएका छन् । केही क्याम्पसमा निर्विरोध प्रतिनिधिहरू चयन भइसकेका छन् भने केही क्याम्पसमा आन्तरिक विवादका कारण मंगलबार निर्वाचन नहुने भएको छ ।
यसै क्रममा, काठमाडौंस्थित पद्मकन्या क्याम्पस (पिके) मा पनि मंगलबार स्ववियु निर्वाचन हुने तय भएको छ । तर, नेपाल विद्यार्थी संघ (नेविसंघ) को आधिकारिक उम्मेदवारबारे देखिएको अन्योल केन्द्रीय कार्यालयबाटै समाधान गरिएको छ ।
नेविसंघले पद्मकन्या क्याम्पसका निर्वाचन अधिकृतलाई पत्र पठाउँदै भुपी ऐर नै आधिकारिक उम्मेदवार रहेको स्पष्ट पारेको छ । यसअघि उम्मेदवार चयनका विषयमा विवाद उत्पन्न भएको थियो ।
स्ववियु निर्वाचनका लागि विद्यार्थी संगठनहरू आ-आफ्ना उम्मेदवारको पक्षमा प्रचारप्रसारमा सक्रिय छन् । त्रिभुवन विश्वविद्यालय अन्तर्गतका विभिन्न क्याम्पसहरूमा हुने यो निर्वाचन विद्यार्थी राजनीतिका लागि महत्वपूर्ण मानिन्छ ।

-
१.
-
२.
-
३.
-
४.
-
५.
-
६.
-
७.
-
८.
-
९.
-
१०.
