लोकसारथि, २१ चैत – तिलोत्तमा नगरपालिकाले नगर क्षेत्रमा पशु रोग नियन्त्रणका लागि पि.पि.आर (PPR) तथा भ्यागुते चरचरे रोग विरुद्ध भ्याक्सिन अभियान सञ्चालन गर्ने भएको छ। नगरपालिकाको वार्षिक स्वीकृत कार्यक्रमअनुसार २०८१ चैत २२ गतेदेखि भ्याक्सिन लगाउने कार्य सुरु गरिने छ।
नगरपालिकाले बाख्रामा पि.पि.आर (Peste des Petits Ruminants) तथा गाईभैंसीमा भ्यागुते चरचरे रोग रोकथामका लागि यो अभियान ल्याएको हो। नगरपालिकाले वडास्तरीय टोल सुधार समिति, कृषक समूह, दुग्ध उत्पादक सहकारी संस्था तथा अन्य सरोकारवालाहरुलाई भ्याक्सिन अभियान सफल बनाउन आग्रह गरेको छ।
भ्याक्सिन किन आवश्यक ?
पशुपालन व्यवसायले धेरै कृषकको आर्थिक तथा खाद्य सुरक्षामा महत्त्वपूर्ण योगदान पुर्याउने भएकाले पशु रोग नियन्त्रण अनिवार्य छ।
-
पि.पि.आर रोग – बाख्रामा सर्ने अत्यन्त गम्भीर भाइरल रोग हो, जसले धेरै पशु नष्ट गर्न सक्छ।
-
भ्यागुते चरचरे रोग – गाईभैंसीमा देखिने संक्रामक रोग हो, जसले उत्पादन क्षमता घटाउँछ र पशुको मृत्युको खतरा बढाउँछ।
समयमै खोप लगाउँदा पशुहरूको स्वास्थ्य सुधार हुने, उत्पादनशीलता बढ्ने र पशुपालक कृषकको आर्थिक नोक्सानी कम हुने नगरपालिकाको भनाइ छ।
प्राविधिक सम्पर्क सूची
भ्याक्सिन अभियानलाई प्रभावकारी बनाउन विभिन्न वडामा खटाइएका प्राविधिकहरूका सम्पर्क नम्बर यस प्रकार छन् :
| क्र.सं. | प्राविधिकको नाम | खटिएको वडा | सम्पर्क नम्बर |
|---|---|---|---|
| 1 | राजु कुँवर | १, ५ | ९८६८८२४११२ |
| 2 | गोविन्द खनाल | २, ३, ४, ६, ७, ९ | ९८५७०६५३३२ |
| 3 | त्रिविक्रम न्यौपाने | ८, १०, ११, १२ | ९८६७१९१३४८ |
| 4 | अनिकेत यादव | १३, १४, १५, १६, १७ | ९८०९१३८७८० |
नगरपालिकाले खोप लगाउने मितिभन्दा दुई दिन अगाडि सम्बन्धित वडालाई जानकारी गराइने जनाएको छ। पशुपालक कृषकहरूले नजिकको वडा कार्यालय वा तोकिएका प्राविधिकसँग सम्पर्क गरेर भ्याक्सिनसम्बन्धी विस्तृत जानकारी लिन सक्नेछन्।
📢 तपाईंको पशुचौपाया सुरक्षित राख्न भ्याक्सिन अभियानमा सहभागी हुनुहोस् !
—लोकसारथि
-
१.
-
२.
-
३.
-
४.
-
५.
-
६.
-
७.
-
८.
-
९.
-
१०.
