logo

बिहिबार, २५ भाद्र २०८३

बिहिबार, भाद्र २५ २०८३

वरिष्ठ बलिउड अभिनेता मनोज कुमारको ८७ वर्षको उमेरमा निधन

वरिष्ठ बलिउड अभिनेता मनोज कुमारको ८७ वर्षको उमेरमा निधन


  • शुक्रबार, चैत्र २२ २०८१
  • 1.1K
    SHARES

    मुम्बई, चैत २२ – बलिउडका प्रख्यात अभिनेता तथा फिल्म निर्माता मनोज कुमारको ८७ वर्षको उमेरमा निधन भएको छ। उनका छोरा कुणाल गोस्वामीका अनुसार मनोज कुमारको निधन शुक्रबार बिहान साढे ३ बजे मुम्बईको कोकिलाबेन धीरूभाई अम्बानी अस्पतालमा भएको हो। स्वास्थ्य स्थिति बिग्रिएपछि उनी दुई–तीन सातादेखि अस्पतालमा भर्ना थिए।

    मनोज कुमारको अन्तिम संस्कार २०८१ वैशाख २३ गते (५ अप्रिल २०२५) बिहान ११ बजे पवन हंस शवदाह गृहमा गरिने उनका छोराले जानकारी दिएका छन्।

    प्रधानमन्त्री नरेन्द्र मोदीले मनोज कुमारको निधनप्रति गहिरो शोक व्यक्त गरेका छन्। सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री मोदीले लेखेका छन्, “महान अभिनेता र फिल्म निर्माता मनोज कुमारको निधनले म अत्यन्त दुःखी छु। उनी भारतीय सिनेमा र देशभक्तिप्रति समर्पित व्यक्तित्व थिए। देशप्रेम झल्किने उनका चलचित्रले राष्ट्रिय गौरवको भावना पैदा गर्थे र पुस्तौँलाई प्रेरणा दिन्थे। मेरो समवेदना उनको परिवारप्रति छ। ॐ शान्ति।”

    बलिउडका वरिष्ठ निर्देशक अशोक पंडितले पनि शोक व्यक्त गर्दै भनेका छन्, “मनोज कुमारको निधन भारतीय सिनेमा क्षेत्रका लागि एक ठूलो क्षति हो। उनले दिएको बहुमूल्य योगदानलाई बलिउड कहिल्यै भुल्ने छैन।”

    मनोज कुमारका छोरा कुणाल गोस्वामीका अनुसार उमेरको असरले स्वास्थ्यमा तीव्र गिरावट आएसँगै अस्पताल भर्ना गरिएको थियो। कुणालले १९८० को दशकमा अभिनयमा करियर सुरु गरे तापनि उनको केही फिल्म फ्लप भएपछि उनले फिल्म उद्योगबाट दूरी बनाए र अहिले एक सफल व्यवसायीका रूपमा जीवनयापन गरिरहेका छन्।

    मनोज कुमार भारतीय चलचित्रमा देशभक्तिपूर्ण फिल्मका प्रणेताका रूपमा चिनिन्छन्। ‘उपकार’, ‘पूरब और पश्चिम’, ‘क्रान्ति’, ‘रोटी कपड़ा और मकान’ जस्ता चलचित्रमार्फत उनले भारतीय जनताको मन जितेका थिए।

    —लोकसारथि

    प्रकाशित : शुक्रबार, २२ चैत्र २०८१ , ०३:०० बेलुका
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित न्युज
    ताजा अपडेट

    © 2026 All right reserved to loksarathi.com | Site By : SobizTrend