logo

शनिबार, ९ साउन २०८३

शनिबार, साउन ९ २०८३

सैनामैनामा बसको ठक्करबाट वृद्धको मृत्यु, चालक प्रहरी नियन्त्रणमा

सैनामैनामा बसको ठक्करबाट वृद्धको मृत्यु, चालक प्रहरी नियन्त्रणमा


  • आइतबार, चैत्र २४ २०८१
  • 1.1K
    SHARES

    लोकसारथि, २४ चैत । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत सैनामैना नगरपालिका–८ बाँसगढी चोकमा बसको ठक्करबाट एक वृद्धको ज्यान गएको छ। बसले साइकल यात्रीलाई ठक्कर दिँदा गम्भीर घाइते भएका ७० वर्षीय भीमबहादुर ज्ञवालीको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

    कपिलवस्तुबाट बुटवलतर्फ गइरहेको लु १ ख ७१८२ नम्बरको बसले सोही दिशातर्फ गइरहेका साइकल यात्री ज्ञवालीलाई ठक्कर दिएको थियो। टाउकोमा गम्भीर चोट लागेका उनलाई तत्कालै लुम्बिनी प्रादेशिक अस्पताल लगिएको भए पनि उपचारकै क्रममा निधन भएको हो।

    प्राप्त जानकारी अनुसार बस चालक बालकृष्ण चौधरी प्रहरी नियन्त्रणमा रहेका छन्। घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। हाल दुर्घटनाको कारणबारे विस्तृत जानकारी आउन बाँकी रहेको बताइएको छ।

    स्थानीयवासीले दुर्घटनापछि राजमार्गमा ट्राफिक व्यवस्थापन र सवारीचालकको लापरवाहीबारे गम्भीर ध्यान दिनुपर्ने माग गरेका छन्। प्रहरीले भने घटनाको प्रकृति हेरेर कानुनी प्रक्रिया अघि बढाइने स्पष्ट पारेको छ।

    प्रकाशित : आइतबार, २४ चैत्र २०८१ , ०८:३७ बेलुका
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित न्युज

    © 2026 All right reserved to loksarathi.com | Site By : SobizTrend