logo

शनिबार, ९ साउन २०८३

शनिबार, साउन ९ २०८३

बुद्धभूमि डूमरामा प्रधानमन्त्रीको पुत्ला दहन, राजसंस्थाको पक्षमा कडा आन्दोलनको चेतावनी

बुद्धभूमि डूमरामा प्रधानमन्त्रीको पुत्ला दहन, राजसंस्थाको पक्षमा कडा आन्दोलनको चेतावनी


  • शुक्रबार, चैत्र २९ २०८१
  • 2.5K
    SHARES

    राजकुमार ठाकुर, कपिलवस्तु
    संयुक्त जनआन्दोलन संघर्ष समिति कपिलवस्तुले राजसंस्था पुनःस्थापनाको माग गर्दै बुद्धभूमि नगरपालिका–९, डूमरामा जुलुस प्रदर्शन तथा कोणसभा गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला दहन गरेको छ। इमिलिया बजारबाट सुरु भएको जुलुस डूमरा चोकमा कोणसभासहित सम्पन्न भएको हो।

    कोणसभालाई सम्बोधन गर्दै संघर्ष समिति बुद्धभूमिका संयोजक थानेश्वर अर्याल अच्युतले राष्ट्रवादी नेताहरूलाई सरकारले अन्यायपूर्वक बन्दी बनाएको आरोप लगाउँदै तिनीहरूको बिनाशर्त रिहाइको माग गर्नुभयो। साथै, उहाँले राज्यद्वारा भइरहेको दमनको विरोध गर्दै अब चरणबद्ध रूपमा थप कडा आन्दोलन गर्ने चेतावनीसमेत दिनुभयो।

    त्यसैगरी, संघर्ष समिति शिवराज नगरका संयोजक सुनिल कुमार शुक्लाले गणतन्त्रले युवाहरूको पलायन, बेरोजगारी, भ्रष्टाचार, किसान र शिक्षकका न्यूनतम मागसमेत पूरा गर्न नसकेको उल्लेख गर्दै, “गणतन्त्र पूर्णरूपमा असफल भइसकेको छ,” भन्नुभयो। उहाँले जनभावना अनुसार राजतन्त्र र हिन्दू राष्ट्र पुनःस्थापना अपरिहार्य भएको धारणा व्यक्त गर्नुभयो।

    कार्यक्रममा सहभागीहरूले “राजा आउ देश बचाउ”, “राजा सहितको हिन्दू राष्ट्र”, “बन्दी बनाइएका राष्ट्रवादी नेताहरूलाई रिहा गर” जस्ता नाराहरू लगाएका थिए।

    कार्यक्रममा नारायण बहादुर सिंह, बलदेव यादव, दामोदर मिश्र, वृज किशोर गुप्तलगायत सयौंको संख्यामा स्थानीयको उपस्थिति रहेको थियो। कार्यक्रमको सञ्चालन सन्दीप पौडेलले गर्नुभएको थियो।

    प्रकाशित : शुक्रबार, २९ चैत्र २०८१ , १२:५९ बेलुका
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित न्युज

    © 2026 All right reserved to loksarathi.com | Site By : SobizTrend