logo

मंगलबार, २३ भाद्र २०८३

मंगलबार, भाद्र २३ २०८३

तिलोत्तमाका अनिल चौधरी बेपत्ता, परिवारद्वारा सहयोगको अपील

तिलोत्तमाका अनिल चौधरी बेपत्ता, परिवारद्वारा सहयोगको अपील


  • मंगलबार, बैशाख २ २०८२
  • 1.8K
    SHARES

    रुपन्देही, लोकसारथि

    रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं. ६ कुन्जलापुर निवासी ३१ वर्षीय अनिल चौधरी सोमबारदेखि बेपत्ता भएका छन्। उनी भैरहवामा रहेको आफ्ना बाजेलाई भेट्न जान्छु भनेर घरबाट निस्किएका थिए, तर भैरहवा नै नपुगेको र परिवारको सम्पर्कमा पनि नरहेको उनका परिवारजनले जनाएका छन्।

    अनिल चौधरी हिजो बिहान घरबाट निस्किएपछि हालसम्म सम्पर्कविहीन छन्। उनको अवस्था बारे कुनै जानकारी नपाएपछि परिवार अत्यन्त चिन्तित भएको र सर्वसाधारणलाई सहयोगको अपील गरिएको छ।

    यदि कसैले अनिल चौधरीलाई देख्नु भएको वा भेट्नु भएको खण्डमा तुरुन्तै निम्न फोन नम्बरमा सम्पर्क गर्न वा नजिकको प्रहरी चौकीमा जानकारी गराउन परिवारजनले आग्रह गरेका छन्।
    📞 सम्पर्क: ९८०४४२९८२०

    सहयोग गरी मानवीयता देखाउनुहोस्।
    बेपत्ता व्यक्ति फेला पार्न तपाईंको सानो सहयोग अमूल्य हुन सक्छ।

    प्रकाशित : मंगलबार, २ बैशाख २०८२ , ०७:५३ बेलुका
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित न्युज
    ताजा अपडेट

    © 2026 All right reserved to loksarathi.com | Site By : SobizTrend