logo

शनिबार, २७ भाद्र २०८३

शनिबार, भाद्र २७ २०८३

निजामती कर्मचारीद्वारा राज्य व्यवस्था तथा सुशासन समिति कार्यालय घेराउ, ११ बुँदे माग राख्दै आन्दोलनको चेतावनी

निजामती कर्मचारीद्वारा राज्य व्यवस्था तथा सुशासन समिति कार्यालय घेराउ, ११ बुँदे माग राख्दै आन्दोलनको चेतावनी


  • शुक्रबार, बैशाख ५ २०८२
  • 676
    SHARES

    लोकसारथि, ५ वैशाख । निजामती कर्मचारीहरुले आफ्ना मागप्रति सरकार र संसद् उदासीन रहेको भन्दै प्रतिनिधिसभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको कार्यालय घेराउ गरेका छन्।

    शुक्रबार समिति सभापति रामहरि खतिवडासमक्ष ११ बुँदे मागपत्र प्रस्तुत गर्दै उनीहरुले आफ्नो आवाज नसुने खण्डमा थप आन्दोलनमा जान बाध्य हुने चेतावनी दिएका हुन्।

    ११ बुँदे मागसहित संयुक्त ट्रेड युनियनको दबाब

    कार्यलय घेराउ कार्यक्रममा नेपाल निजामती कर्मचारी संगठन, नेपाल निजामती कर्मचारी युनियन, नेपाल राष्ट्रिय कर्मचारी संगठन, एकीकृत सरकारी कर्मचारी संगठन, नेपाल मधेसी निजामती कर्मचारी मञ्च र स्वतन्त्र राष्ट्रसेवक कर्मचारी संगठन आवद्ध कर्मचारीहरुको उल्लेख्य सहभागिता देखिएको थियो।

    उनले संयुक्त रुपमा अघि सारेका मागहरूमा सेवा संरचना समायोजन, पेशागत सुरक्षाका ग्यारेन्टी, पारिश्रमिक वृद्धि, सेवासुविधा सुनिश्चितता, ऐन संशोधन लगायतका विषय छन्।

    आन्दोलनको चेतावनी

    निजामती कर्मचारीहरुले सरकार र संसद्ले बारम्बार बेवास्ता गरेको गुनासो गर्दै, अब नसुने संयुक्त ट्रेड युनियन सञ्जालको तर्फबाट चरणबद्ध आन्दोलन सार्वजनिक गरिने चेतावनी दिएका छन्।

    काठमाडौं आन्दोलनमय

    देशभरका शिक्षकहरु शिक्षा ऐन जारी गर्नुपर्ने मागसहित काठमाडौंमा आन्दोलनरत छन्। यस्तै, चिकित्सक, सहकारी तथा लघुवित्त पीडित समेत आन्दोलित छन्।

    यसै सन्दर्भमा, निजामती कर्मचारीहरुले पनि आफ्ना मागहरु ऐनमा समावेश गरिनुपर्ने भन्दै आन्दोलनको सुरसार गरेका हुन्।

    प्रकाशित : शुक्रबार, ५ बैशाख २०८२ , ०२:१५ बेलुका
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित न्युज
    ताजा अपडेट

    © 2026 All right reserved to loksarathi.com | Site By : SobizTrend