logo

शनिबार, २७ भाद्र २०८३

शनिबार, भाद्र २७ २०८३

निषेधित क्षेत्र तोड्दै राप्रपाको प्रदर्शन, सरकारको कठोर चेतावनी

निषेधित क्षेत्र तोड्दै राप्रपाको प्रदर्शन, सरकारको कठोर चेतावनी


  • आइतबार, बैशाख ७ २०८२
  • 962
    SHARES

    – लोकसारथि संवाददाता, लुम्बिनी ।

    राजावादी प्रदर्शनका क्रममा पक्राउ परेका आफ्ना नेताहरूको रिहाइको माग गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) निषेधित क्षेत्र बानेश्वरमा प्रदर्शनमा उत्रिएको छ। आज दिउँसो राप्रपाका नेता तथा कार्यकर्ताहरूले बानेश्वर क्षेत्रमा प्रदर्शन गरेका हुन्।

    राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले सरकारले शान्तिपूर्ण रूपमा भेला हुन पाउने संवैधानिक अधिकार कुण्ठित गरेको आरोप लगाउँदै, निषेधित क्षेत्रमा प्रतिकात्मक प्रदर्शन गर्ने निर्णय गरिएको जानकारी दिएका छन्।

    लिङ्देन : “सरकारी निरङ्कुशतन्त्रको विरुद्धमा आवाज”

    लिङ्देनले लोकतन्त्रको नाममा नागरिकमाथि सीमितता थोपर्ने सरकारको कदमप्रति आपत्ति जनाउँदै भने,

    “भन्नलाई प्रजातन्त्र, लोकतन्त्र, गणतन्त्र भन्ने तर जनतालाई ‘यो मात्रै बोल, यति मात्र हिँड’ भनेर सीमा तोक्ने सरकारी निरङ्कुशतन्त्रको विरुद्धमा हाम्रो यो प्रतिकात्मक र शान्तिपूर्ण प्रदर्शन हो।”

    उनले प्रदर्शनमा सीमित संख्यामा नेताहरू मात्र सहभागी हुने जानकारी दिँदै, पार्टीका नेताहरू थुनामा परेपछि सामूहिक रूपमा गिरफ्तारीको सन्देश दिन आफूहरू तयार रहेको उल्लेख गरे।

    गृह मन्त्रालयको प्रतिक्रिया : “संविधान उल्लंघनको कारबाही हुन्छ”

    राप्रपाको निषेधित क्षेत्र तोड्ने चेतावनीप्रति गृह मन्त्रालयले कडा आपत्ति जनाएको छ। शनिबार विज्ञप्ति जारी गर्दै मन्त्रालयले,

    संविधान र कानुनको ठाडो उल्लंघन खालका गतिविधिमा संलग्न हुने जोसुकैलाई कानुनअनुसार कारबाही गरिनेछ,” भनी चेतावनी दिएको छ।

    मन्त्रालयले कानूनको दायरामा रहेर अभिव्यक्ति र प्रदर्शनको अधिकार प्रयोग गर्न सबै पक्षलाई आग्रह गरेको छ।

    राजावादी आन्दोलनसँगै राप्रपाको आन्दोलन पनि चुलिँदै गएको छ। शान्तिपूर्ण प्रदर्शन र नागरिक स्वतन्त्रताको पक्षमा उभिएको भन्दै राप्रपाले सत्ता पक्षमाथि दमनको आरोप लगाउँदै आएको छ। उता सरकार भने संविधानको मर्यादा र कानुनी सीमाभित्र मात्र प्रदर्शन हुनुपर्ने अडानमा छ।

    प्रकाशित : आइतबार, ७ बैशाख २०८२ , ०१:२५ बेलुका
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित न्युज
    ताजा अपडेट

    © 2026 All right reserved to loksarathi.com | Site By : SobizTrend