– लोकसारथि संवाददाता, काठमाडौं ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली कम्युनिष्ट आन्दोलनको ऐतिहासिक यात्रा, वर्तमान अवस्था र भावी दिशाका विषयमा धारणा व्यक्त गर्दै लेनिनको जन्मजयन्तीका दिन पार्टी स्थापना हुनु केवल संयोग नभई गहिरो प्रेरणा भएको बताए।
पार्टीको ७७औँ स्थापना दिवस तथा महान विचारक तथा क्रान्तिकारी नेता भ्लादिमिर लेनिनको १५६औँ जन्मजयन्तीको अवसरमा आज पार्टी केन्द्रीय कार्यालयमा आयोजित विशेष कार्यक्रममा अध्यक्ष दाहालले सम्बोधन गरेका थिए।
दाहालको सचिवालयका अनुसार उनले भने, “लेनिनबाट प्रेरणा लिएर स्थापना गरिएको नेपाल कम्युनिष्ट पार्टी आज ७७ वर्षको भएको छ, जुन सम्पूर्ण कम्युनिष्ट आन्दोलनका लागि गर्वको विषय हो।”
उनले पार्टीको संघर्षपूर्ण इतिहासको चर्चा गर्दै कम्युनिष्ट आन्दोलन विभाजन, बलिदान र उतारचढावबीच आजको अवस्थामा आइपुगेको उल्लेख गरे। “आजको आवश्यकता कम्युनिष्टहरूलाई फेरि एकताबद्ध गर्नु हो,” उनले भने, “हामी विचार, सिद्धान्त र सच्चा कम्युनिष्टहरूको वैचारिक आधारमा एकता चाहन्छौं। जनतामाझ पुगेर आफ्ना कमजोरीहरू सच्च्याउने प्रक्रियामा छौं।”
कार्यक्रममा पार्टीका विभिन्न तहका नेता, कार्यकर्ता तथा शुभेच्छुकहरूको उपस्थिति थियो। दाहालको मन्तव्यसँगै कम्युनिष्ट आन्दोलनलाई अझ सुदृढ र सशक्त बनाउन एकताको सन्देश दिइएको थियो।
-
१.
-
२.
-
३.
-
४.
-
५.
-
६.
-
७.
-
८.
-
९.
-
१०.
