logo

शनिबार, २७ भाद्र २०८३

शनिबार, भाद्र २७ २०८३

सहकारी घोटाला काण्डमा ‘चुनौति न्याय प्रणालीलाई’ : रवि थुनामा, ठगहरू बिजनेस क्लासमा?

सहकारी घोटाला काण्डमा ‘चुनौति न्याय प्रणालीलाई’ : रवि थुनामा, ठगहरू बिजनेस क्लासमा?


  • बिहिबार, बैशाख ११ २०८२
  • 1K
    SHARES

    लोकसारथि संवाददाता, काठमाडौं ।
    भुटानी शरणार्थी प्रकरणको खोजमूलक रिपोर्टिङ गरेबापत कान्तिपुर दैनिकबाट हटाइएका वरिष्ठ पत्रकार देवेन्द्र भट्टराईले सामाजिक सञ्जालमा सार्वजनिक गरेका एक टिप्पणीले अहिलेको न्याय प्रणालीप्रति गम्भीर प्रश्न उठाएको छ। उनले ७ अर्बभन्दा बढी रकम ठगी भएको सहकारी काण्डमा मुछिएका ‘राजनीतिक संरक्षणप्राप्त’ व्यक्तिहरू खुला आकाशमुनि हिँडिरहँदा, गैर-सञ्चालक, गैर-ऋणी, र गैर-सदस्य रवि लामिछानेलाई सीधा थुनामा हालिएको घटनालाई अन्यायपूर्ण भन्दै आलोचना गरेका छन्।

    विभिन्न पात्र, विभिन्न व्यवहार

    भट्टराईले केही ठूला नामहरू उल्लेख गर्दै लेखेका छन्:

    • गीता बस्नेत : पक्राउ पुर्जी लागेकी सांसद, तर फरार अवस्थामा बिदा पास गरिरहेकी।

    • अञ्जला कोइराला : सहकारी रकम हिनामिनाको अभियोगमा १० लाख धरौटीमा छुट पाइन्, राजनीतिक पहुँच एमालेमा।

    • धनराज गुरुङ : केन्द्रीय अनुसन्धान ब्युरोको फाइलमा नाम, तर अझै स्वतन्त्र — कांग्रेसको प्रभाव?

    • जयवीर देउवा : ४ वर्षमै ७३ रोपनी सम्पत्ति, तर सम्पत्ति शुद्धीकरण आयोगको निगरानीबाहिर।

    तर यी सबैको सन्दर्भमा भट्टराईको तिखो टिप्पणी छ — “रवि लामिछाने? न सञ्चालक, न ऋणी, न सदस्य — तर सिधा थुना!”

    ‘न्याय’को नाममा राजनीति?

    उनको विश्लेषणमा, रविको वास्तविक ‘अपराध’ भनेको ‘ठूलो अडान’ लिनु हो — अर्थात् शक्तिकेन्द्र र संस्थागत बेथितिको विरुद्ध बोल्नु। पत्रकार भट्टराईले संकेत गरेका छन् कि, रविलाई लक्षित गरेर गरिएको कारबाही सम्भवतः राजनीतिक र व्यक्तिगत प्रतिशोध हो।

    साथै, भट्टराईले लेखेका छन्: “यति धेरै सहकारी ठग–ठगीको घनचक्करमा ‘रविलाई मात्रै किन?’ भनेर नाम लिइदियो भने घण्टी पार्टी होइएला कि भन्ने त्रास छ। असन्तुष्टि, निराशा र प्रतिरोधको कुरा गर्‍यो भने कतै ‘राजावादीमा दर्ज भइएला’ कि भन्ने भय छ।”

    नागरिक समाजको मौनता र मिडियाको परीक्षा

    भट्टराईको टिप्पणीमा मुलुकको न्याय प्रणाली, अनुसन्धान निकाय, र दलगत पहुँचले कसरी दोषी र निर्दोषको भिन्न व्यवहार गर्छ भन्ने गम्भीर प्रश्न समेटिएको छ।
    यता, नागरिक समाज र मूलधारका मिडियाहरूको मौनता पनि चर्को आलोचनाको विषय बनेको छ। आखिर, न्याय सबैका लागि समान हो कि विशेष केहीका लागि मात्र?

    रवि लामिछानेमाथिको पक्राउले सहकारी काण्डमा न्यायको पक्षपातपूर्ण प्रयोग देखाएको छ भन्ने तर्कहरू बलियो बन्दै गएका छन्। यदि न्याय निष्पक्ष छैन भने त्यसले केवल व्यक्तिलाई होइन, समग्र लोकतन्त्रलाई नै संकटमा पार्नेछ।

    प्रकाशित : बिहिबार, ११ बैशाख २०८२ , ०२:२६ बेलुका
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित न्युज
    ताजा अपडेट

    © 2026 All right reserved to loksarathi.com | Site By : SobizTrend