– लोकसारथि संवाददाता, बुटवल ।
रुपन्देहीको बुटवल उपमहानगरपालिका अन्तर्गत कालिकानगरमा शनिबार राति भएको Ns 200 कालो रंगको मोटरसाइकल दुर्घटनामा एक युवकको ज्यान गएको छ।
दुर्घटनामा परी २० वर्षीय गोपाल टण्डनको मृत्यु भएको पुष्टि भएको छ।
घटना शनिबार राति २:१६ बजेको समयमा भएको बताइएको छ। सीसीटीभी फुटेज अनुसार गोपालले चलाएको मोटरसाइकल सडकको छेउमा रहेको ढुङ्गामा ठोकिएपछि बाईकसहित उछिट्टिएर सडकछेउको बिद्युत पोलमा ठोक्किएको देखिन्छ। दुर्घटनापछि घटनास्थलमै उनी गम्भीर घाइते भएका थिए।
प्रहरीले घटनाको विस्तृत अनुसन्धान सुरु गरेको जनाएको छ। प्रारम्भिक अनुमानअनुसार तीव्र गति र रातको समयमा सडकमाथि ध्यान नपुगेका कारण दुर्घटना भएको हुनसक्ने बताइएको छ।
यस दुर्घटनाले सडक सुरक्षा र स्थानीय पूर्वाधारको अवस्था पुनः प्रश्नमा ल्याएको छ।
स्थानीय बासिन्दाहरूले रातिको समयमा सडक किनारमा रहेका ढुङ्गा र कमजोर प्रकाश व्यवस्थाले दुर्घटनाको जोखिम बढाइरहेको गुनासो गरेका छन्।
दुर्घटनाबारे थप विवरण र प्रहरीको आधिकारिक निष्कर्ष आउन बाँकी छ।
-
१.
-
२.
-
३.
-
४.
-
५.
-
६.
-
७.
-
८.
-
९.
-
१०.
