लोकसारथि संवाददाता, बुटवल।
भारतले ‘अपरेशन सिन्दूर’ सञ्चालन गर्दै पाकिस्तान र पीओके (पाक अधिकृत कश्मीर) का विभिन्न आतंकी ठेगानाहरूमाथि हवाई आक्रमण गरेको छ। भारतको संयुक्त थल, जल र वायु सेनाको यस कारबाहीबाट पाकिस्तानमा खलबली मच्चिएको छ।
पछिल्लो पटक पहलगाममा भएको आतंकी आक्रमणपछि भारत र पाकिस्तानबीच तनाव चुलिएको थियो। यसैबीच चीन निरन्तर पाकिस्तानको पक्षमा बोल्दै आएको थियो। तर भारतको सटीक र निर्णायक कारबाहीपछि चीनको धारणा परिवर्तन भएको देखिएको छ।
चीनको विदेश मन्त्रालयले वक्तव्य जारी गर्दै भारत–पाकिस्तानबीचको तनावप्रति चिन्ता व्यक्त गरेको छ। उसले भनेको छ, “भारत र पाकिस्तान सधैँ एकअर्काका छिमेकी रहनेछन् र ती दुबै चीनका पनि छिमेकी हुन्। चीन सबै प्रकारका आतंकवादको विरोध गर्दछ र क्षेत्रीय स्थायित्वका लागि दुवै पक्षले संयमित र शान्तिपूर्ण व्यवहार अपनाउनुपर्छ।” यद्यपि, चीनले भारतको सैनिक कारबाहीप्रति ‘अफसोस’ व्यक्त गरेको पनि जनाएको छ।
‘अपरेशन सिन्दूर’ अन्तर्गत ९ आतंकी केन्द्रहरूमा हवाई आक्रमण
भारतले बुधबार राति १:३० बजे शुरु गरेको संयुक्त सैन्य कारबाहीमा बहावलपुर, कोटली, मुजफ्फराबाद, मुरीदके, गुलपुर, भिम्बर, चाक अमरू, बाग र सियालकोटमा रहेका ९ आतंकी अड्डाहरूलाई निसाना बनाइएको हो।
भारतीय सेनाका अनुसार बहावलपुरस्थित जैश-ए-मोहम्मद र मुरीदकेमा रहेको लश्कर-ए-तैयबाको मुख्यालयमाथि सटीक हमला गरिएको छ। यो अपरेशनमा थलसेना, वायुसेना र नौसेनाले समन्वयका साथ आतंकवादी लक्ष्यहरूमा टारगेट स्ट्राइक गरेका हुन्।
भारतले ‘आतंकवादविरुद्धको आफ्नो लडाइँलाई नयाँ चरणमा प्रवेश गराउँदै’ अपरेशन सिन्दूर सञ्चालन गरेको बताइएको छ। सुरक्षा विश्लेषकहरूका अनुसार यो अपरेशनले भारतको रणनीतिक सन्देश मात्र होइन, आतंकलाई समर्थन गर्ने मुलुकप्रति स्पष्ट चेतावनी पनि दिएको छ।
-
१.
-
२.
-
३.
-
४.
-
५.
-
६.
-
७.
-
८.
-
९.
-
१०.
