logo

आइतबार, १० साउन २०८३

आइतबार, साउन १० २०८३

कोरियामा अध्ययन गर्न जानेलाई एनओसी रोकियो, सरकारले भन्यो – “पैसा कमाउने लोभले डिप्रेसनमा परिरहेका छन् विद्यार्थी”

कोरियामा अध्ययन गर्न जानेलाई एनओसी रोकियो, सरकारले भन्यो – “पैसा कमाउने लोभले डिप्रेसनमा परिरहेका छन् विद्यार्थी”


  • मंगलबार, बैशाख ३० २०८२
  • 1.1K
    SHARES

    लोकसारथि संवाददाता, काठमाडौं ।

    सरकारले दक्षिण कोरिया अध्ययनका लागि जाने नेपाली विद्यार्थीलाई वैदेशिक अध्ययन अनुमति पत्र (एनओसी) जारी गर्ने प्रक्रिया हाललाई स्थगित गरेको छ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले मंगलबार सार्वजनिक सूचना जारी गर्दै कोरियामा अध्ययनको नाममा विदेश गएका विद्यार्थीहरू अध्ययनमा निरन्तरता नदिई आर्थिक गतिविधिमा केन्द्रित हुन थालेकाले यो निर्णय गरिएको जनाएको छ।

    मन्त्रालयका अनुसार “पैसा कमाउने सोचले कोरियातर्फ गएका धेरै विद्यार्थी अध्ययनमा समर्पित हुन सकेका छैनन्। आम्दानीको लक्ष्य पूरा नहुँदा उनीहरू डिप्रेसन लगायतका मानसिक समस्यामा परिरहेका छन्।” साथै, कोरियाको सरकारले कालोसूचीमा राखेका (ब्ल्याकलिस्टेड) विश्वविद्यालयहरूमा समेत नेपाली विद्यार्थी पठाउने प्रवृत्ति बढेको जनाउँदै मन्त्रालयले तत्कालका लागि एनओसी रोकिएको स्पष्ट पारेको छ।

    विशेषगरी कोरियाको D-2 (डिग्री अध्ययन) D-4 (भाषा वा व्यावसायिक अध्ययन) भिसामा जाने विद्यार्थीलाई लक्षित गर्दै यो निर्णय गरिएको हो।

    कार्यदलले प्रतिवेदन बुझाएपछि हुनेछ पुनः निर्णय

    मन्त्रालयले कोरियामा अध्ययनका लागि जाने विद्यार्थीहरूको अवस्थालाई व्यवस्थित गर्न एक कार्यदल गठन गरिएको पनि जनाएको छ। उक्त कार्यदलले विस्तृत अध्ययन गरी प्रतिवेदन पेश गरेपछि त्यसको आधारमा आगामी निर्णय लिइने सूचनामा उल्लेख गरिएको छ।

    शिक्षा मन्त्रालयको यस निर्णयले हाल कोरियामा अध्ययनको तयारी गरिरहेका सयौं विद्यार्थी प्रभावित भएका छन्। विद्यार्थी तथा शैक्षिक परामर्शदाताहरूले सरकारसँग छिटो स्पष्ट कार्यविधि ल्याउन माग गरेका छन्।

    प्रकाशित : मंगलबार, ३० बैशाख २०८२ , ०८:०३ बेलुका
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित न्युज

    © 2026 All right reserved to loksarathi.com | Site By : SobizTrend