logo

शनिबार, २७ भाद्र २०८३

शनिबार, भाद्र २७ २०८३

नेपाल राष्ट्र बैंकको नयाँ गभर्नर चाँडै नियुक्त हुने : सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङ

नेपाल राष्ट्र बैंकको नयाँ गभर्नर चाँडै नियुक्त हुने : सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङ


  • बिहिबार, जेष्ठ १ २०८२
  • 624
    SHARES

    लोकसारथि संवाददाता, काठमाडौं ।

    सरकारका प्रवक्ता तथा कानून, न्याय तथा संसदीय मामिलामन्त्री पृथ्वीसुब्बा गुरुङले केही दिनभित्रै नेपाल राष्ट्र बैंकको नयाँ गभर्नर नियुक्त हुने विश्वास व्यक्त गरेका छन्।

    बिहीबार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै मन्त्री गुरुङले गभर्नर नियुक्तिका लागि नयाँ सिफारिस समिति गठन भइसकेको जानकारी दिए।
    उनले भने, पुरानो समिति विघटन गरी नयाँ समिति बनाइएको छ, अब दुई–चार दिनभित्र गभर्नरको नियुक्ति हुन्छ।”

    जलवायु परिवर्तनको असरबारे सगरमाथा संवादमार्फत सन्देश

    प्रवक्ता गुरुङले नेपालमा जलवायु परिवर्तनका गम्भीर असरहरू देखिन थालेको उल्लेख गर्दै त्यसबारे विश्वसमक्ष सन्देश दिन सगरमाथा संवाद आयोजना गरिएको जानकारी दिए।
    उनले थपे, जलवायु परिवर्तनको समस्या सामना गर्न तथा न्यूनीकरण गर्न सबैको साझा प्रतिवद्धता आवश्यक छ।”

    कृषि अनुसन्धान परिषद्को पुनसंरचना

    वैशाख ३१ गते बसेको मन्त्रिपरिषद् बैठकले नेपाल कृषि अनुसन्धान परिषद् (NARC) को पुनसंरचना गर्ने निर्णय गरेको छ।
    यसका लागि गोविन्दराज पोखरेलको संयोजकत्वमा इश्वरी कडरिया डा. यज्ञ गजाधर खड्कासहितको उच्चस्तरीय समिति गठन गरिएको हो।

    नेपाल प्रहरी सहकारी नियमनमा महत्त्वपूर्ण निर्णय

    बैठकले नेपाल प्रहरीका वरिष्ठ नायव निरीक्षक (SI)हरूको तलबमान तथा ग्रेड समायोजन गर्ने निर्णय गरेको छ।
    त्यस्तै, सहकारी नियमन प्राधिकरणको लागि आर्थिक वर्ष २०८१/८२ का लागि ३१ अधिकृत स्तरको अस्थायी दरबन्दी स्वीकृत गरिएको छ।

    दमक भ्यू टावर सञ्चालन औद्योगिक कानून संशोधन विधेयक संसदमा पेश हुने

    सरकारले झापास्थित दमक भ्यू टावर हाललाई शुल्क लिई सञ्चालन गर्न स्वीकृति दिएको छ।
    त्यस्तै, औद्योगिक सम्पत्तिसम्बन्धी कानून संशोधन एकीकरण गर्न बनेको विधेयक संसदमा पेश गर्न मन्त्रिपरिषद्ले स्वीकृति दिएको प्रवक्ता गुरुङले जानकारी दिए।

    सरकारका पछिल्ला निर्णयहरू आर्थिक, पर्यावरणीय संस्थागत सुधारतर्फ केन्द्रित देखिएका छन्।
    विशेषतः राष्ट्र बैंकको नेतृत्व नियुक्ति, जलवायु संकटबारे सन्देश, कृषि अनुसन्धान सुधार औद्योगिक कानून संशोधनजस्ता विषयहरू तत्कालीन समयको आवश्यकता सरकारको नीति स्पष्ट रूपमा झल्काउने छन्।

    प्रकाशित : बिहिबार, १ जेष्ठ २०८२ , ०५:३१ बेलुका
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित न्युज
    ताजा अपडेट

    © 2026 All right reserved to loksarathi.com | Site By : SobizTrend