logo

शनिबार, ९ साउन २०८३

शनिबार, साउन ९ २०८३

नेपालमा ७ जनामा कोरोना पुष्टि, बेलहिया नाकामा सतर्कता बढाउन आग्रह – डा. विश्वरुपको चेतावनीः फेरि मिडिया आतंक फैलाउने रणनीति सुरु

नेपालमा ७ जनामा कोरोना पुष्टि, बेलहिया नाकामा सतर्कता बढाउन आग्रह – डा. विश्वरुपको चेतावनीः फेरि मिडिया आतंक फैलाउने रणनीति सुरु


  • मंगलबार, जेष्ठ १३ २०८२
  • 1.1K
    SHARES

    लोकसारथि संवाददाता ।
    भारतमा कोरोना संक्रमण पुनः बढ्न थालेसँगै नेपालमा पनि स्वास्थ्य सतर्कता कडाइ गरिएको छ। पछिल्लो तथ्यांकअनुसार नेपालमा हालसम्म ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। योसँगै स्वास्थ्य मन्त्रालयले सीमा क्षेत्रका नाकाहरूमा हेल्थ डेस्क स्थापना गर्दै देशभर निगरानी प्रक्रिया तीव्र बनाएको छ।

    इपिडिमोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. चन्द्रबल झाले भारतमा देखिएको कोरोना वृद्धिलाई मध्यनजर गर्दै नेपालले आफ्ना सबै संयन्त्रहरू तयारी अवस्थामा राखेको जनाए। उनले भने, “भारतमा संक्रमण बढेपछि हामीले हेल्थ डेस्क स्थापना गरिसकेका छौं, सातै प्रदेशका स्वास्थ्य निर्देशनालयलाई तयारी अवस्थामा रहन निर्देशन दिइएको छ।”

    नेपालमा पुष्टि भएका संक्रमित

    स्वास्थ्य मन्त्रालयका अनुसार संक्रमितमध्ये १ जना राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षणबाट पुष्टि भएका हुन् भने बाँकी ६ जना काभ्रेका स्थानीय हुन्। संक्रमितमध्ये कसैको भारत भ्रमण इतिहास नरहेकोले उनीहरूमा देखिएको संक्रमणलाई स्थानीय स्तरको मानिएको छ। “संक्रमितहरूसँग सम्पर्क भइसकेको छ, उनीहरू सामान्य अवस्थामा छन्,” डा. झाले बताए।

    डा. विश्वरुप रोय चौधरीको चेतावनी : फेरि मिडियाबाट आतंक फैलाउने प्रयास

    कोरोना महामारीबारे भिन्न धारणा राख्ने भारतका सुप्रसिद्ध चिकित्सक तथा अनुसन्धानकर्ता डा. विश्वासरुप रोय चौधरीले भने फेरि मिडियाबाट कोरोना सम्बन्धी भयको प्रचार सुरु भएको बताएका छन्। उनका अनुसार सन् २०२० मा जसरी डर सिर्जना गरेर खोप थोप्याइएको थियो, त्यसैको दोहोरिने प्रयास फेरि सुरु भएको हो।

    उनले मिडियालाई उद्धृत गर्दै भनेका छन्, “फेरि कोरोना नामको भय फैलाउने नाटक सुरु भएको छ। यसपटक पनि मानिसलाई डर देखाएर अनावश्यक खोप सिफारिस गरिन्छ। यस्ता महामारीको नाममा गरिने प्रचारले जनस्वास्थ्य भन्दा बढी बहुराष्ट्रिय कम्पनीहरूलाई लाभ पुग्छ।”

    डा. चौधरीले पहिल्यैदेखि कोभिड–१९ लाई ‘सामान्य सर्दी जस्तो भाइरस’ बताउँदै त्यसको उपचारमा प्राकृतिक उपाय, जीवनशैली सुधार र मनोबलको भूमिका महत्वपूर्ण हुने धारणा राख्दै आएका छन्।

    जनस्वास्थ्य विशेषज्ञको जोड – होशियार रहन जरुरी

    त्यसैगरी, नेपाली जनस्वास्थ्य विशेषज्ञहरू भने सावधानी जरुरी रहेको बताउँछन्। डा. चन्द्रबल झाले भने, “सजगता अपनाउन आवश्यक छ तर डर फैलाउनु हुँदैन। अहिले देखिएका संक्रमितहरू सामान्य अवस्थामा छन्, तर सीमा नाकामा निगरानी आवश्यक छ।”

    सरकारले स्वास्थ्य मापदण्ड पालना गर्न, लक्षण देखिएमा परीक्षण गराउन र आत्मसजग रहन सबै नागरिकलाई आग्रह गरेको छ। स्वास्थ्य मन्त्रालयले परीक्षण किट आवश्यक परेमा तुरुन्त पठाउने तयारीसहित सातै प्रदेशमा निगरानीलाई सुदृढ बनाउने योजना अघि बढाएको छ।

    निष्कर्षमा, जहाँ एकातिर सरकार स्वास्थ्य सुरक्षा बढाउन तल्लीन छ, अर्कातिर डा. विश्वरुप जस्ता विश्लेषकहरू यसलाई मिडियात्मक आतंक भन्दै जनतालाई संयमित हुन र सोच विचारपूर्वक निर्णय लिन आग्रह गरिरहेका छन्। सन् २०२0 को त्रासदी दोहोरिन नदिन सरकार, मिडिया, स्वास्थ्यकर्मी र नागरिक सबैको होशियारी जरुरी देखिएको छ।

    प्रकाशित : मंगलबार, १३ जेष्ठ २०८२ , ०२:१० बेलुका
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित न्युज

    © 2026 All right reserved to loksarathi.com | Site By : SobizTrend