logo

शुक्रबार, ८ साउन २०८३

शुक्रबार, साउन ८ २०८३

तिलोत्तमा–८ मा राष्ट्रिय परिचयपत्र वितरण सुरु हुने

तिलोत्तमा–८ मा राष्ट्रिय परिचयपत्र वितरण सुरु हुने


  • बुधबार, जेष्ठ १४ २०८२
  • 1K
    SHARES

    – लोकसारथि संवाददाता ।

    तिलोत्तमा नगरपालिकाको वडा नं. ८ मा राष्ट्रिय परिचयपत्र वितरण कार्यक्रम सुरु हुने भएको छ। नगर कार्यपालिकाको कार्यालयले सूचना जारी गर्दै आगामी २०८२ जेठ १८ गतेदेखि १५ दिनसम्म वडा नं. ८ का नेपाली नागरिकहरूलाई परिचयपत्र वितरण गरिने जनाएको छ।

    नगर कार्यालयका अनुसार यसअघि फोटो खिचाइ तथा बायोमेट्रिक विवरण प्रविष्ट गराइसकेका वडा नं. ८ का नागरिकहरूले आवश्यक कागजातसहित आफ्नै वडा कार्यालयमा उपस्थित भई परिचयपत्र प्राप्त गर्न सक्नेछन्।

    परिचयपत्र लिन निम्न कागजातहरू अनिवार्य रहेको सूचनामा उल्लेख गरिएको छः
    १. फोटो खिचेको राष्ट्रिय परिचयपत्र वितरण प्रविष्ट भएको निस्सा,
    २. सक्कल नेपाली नागरिकता प्रमाणपत्र,
    ३. बायोमेट्रिक विवरण पुनः प्रविष्ट गर्नुपर्ने भएकाले व्यक्ति स्वयं उपस्थित हुनुपर्ने।

    अर्धकट्टी हराएका व्यक्तिहरूका लागि नागरिकताको विवरणबाट विवरण मिलान गरी परिचयपत्र वितरण गरिने समेत सूचनामा उल्लेख गरिएको छ।

    यसअघि वडा नं. १ र २ मा २०८२ वैशाख २५ गतेदेखि जेठ ८ गतेसम्म राष्ट्रिय परिचयपत्र वितरण कार्यक्रम सफलतापूर्वक सम्पन्न भइसकेको नगर कार्यालयले जानकारी दिएको छ।

    नागरिकको पहिचान सुनिश्चित गर्दै सरकारी सेवा पहुँचमा सहजीकरण गर्ने उद्देश्यले सञ्चालनमा ल्याइएको राष्ट्रिय परिचयपत्र वितरण कार्यक्रम अन्तर्गत तिलोत्तमाका अन्य वडाहरूमा पनि क्रमिक रूपमा सेवा विस्तार गरिने नगर कार्यपालिकाले जनाएको छ।

    प्रकाशित : बुधबार, १४ जेष्ठ २०८२ , ०४:०३ बेलुका
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित न्युज

    © 2026 All right reserved to loksarathi.com | Site By : SobizTrend