logo

शनिबार, २७ भाद्र २०८३

शनिबार, भाद्र २७ २०८३

अवरुद्ध प्रतिनिधिसभा बैठक आज २ बजेदेखि सञ्चालनमा आउने : सभामुख घिमिरे

अवरुद्ध प्रतिनिधिसभा बैठक आज २ बजेदेखि सञ्चालनमा आउने : सभामुख घिमिरे


  • सोमबार, जेष्ठ २६ २०८२
  • 650
    SHARES

    – लोकसारथि संवाददाता, काठमाडौं ।

    केही दिनदेखि अवरुद्ध रहेको प्रतिनिधिसभा बैठक आज सोमबार दिउँसो २ बजेदेखि सञ्चालनमा आउने भएको छ।

    गणतन्त्र दिवसको अवसरमा राष्ट्रिय समाचार समिति (रासस) द्वारा आयोजित ‘पर्वतीय पर्यटन : हाम्रो सान, हाम्रो पहिचान’ तस्बिर प्रदर्शनीको अवलोकनपछि सञ्चारकर्मीसँग कुरा गर्दै सभामुख देवराज घिमिरेले संसद् बैठक २ बजेदेखि सुरु हुने जानकारी दिएका हुन्।

    ‘सदन अवरुद्ध हुनुपर्ने थिएन, तर भयो,’ सभामुख घिमिरेले भने, ‘आजको बैठक सामान्यतया ११ वा १ बजे राखिने भए पनि विशेष परिस्थितिलाई मध्यनजर गर्दै २ बजेबाट सञ्चालन गरिनेछ। मलाई आशा छ, बैठक आजबाट नै सुरु हुन्छ।’

    बजेटमाथि छलफल गर्नुपर्ने महत्त्वपूर्ण कार्यसूची रहँदा पनि बैठक अवरुद्ध हुनुले क्षति भइसकेको उल्लेख गर्दै उनले भने, ‘अब सांसदहरूको सहभागी संख्या घटाएर भए पनि विधि पुर्‍याएर बजेटमाथिको छलफल सम्पन्न गर्नुपर्छ।’

    उनले समयमै बजेटमाथिको छलफल सक्नका लागि नयाँ कार्यसूची तयार पारिने जानकारी समेत दिएका छन्। सभामुख घिमिरेले संसद् सञ्चालनमा ल्याउन प्रमुख तीन दलका प्रमुख सचेतकहरूसँग छलफल जारी रहेको समेत बताएका छन्।

    प्रकाशित : सोमबार, २६ जेष्ठ २०८२ , ०१:२६ बेलुका
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित न्युज
    ताजा अपडेट

    © 2026 All right reserved to loksarathi.com | Site By : SobizTrend