असार–२० । तिलोत्तमा–२, योगीकुटीमा रहेको श्री जनजागृति मा.वि.मा बधाई तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा एसइइ २०८१ मा उत्तीर्ण विद्यार्थी, कक्षा १० मा अध्यापन गर्ने शिक्षक र अभिभावकलाई बधाईसहित सम्मान गरिएको हो ।
स्वागत मन्तव्यका क्रममा प्रधानाध्यापक टंक प्रसाद पौडेलले विद्यालयको शैक्षिक गुणस्तर वृद्धि गर्न विद्यार्थी, शिक्षक, अभिभावक, वि.व्य.स. र विद्यालय प्रशासनले विभिन्न योजना बनाएर शैक्षिक गतिविधि सञ्चालन गरिरहेको बताउँदै आगामी दिनमा थप उत्कृष्ट नतिजाका निम्ति विद्यालय लागिपरेको बताउनुभयो । कार्यक्रममा अभिभावक कमला राम्जाली र पूर्व वि.व्य.स. अध्यक्ष रामचन्द्र ज्ञवालीले सफल विद्यार्थीहरूलाई बधाई र शिक्षक तथा विद्यालय प्रशासनलाई धन्यवाद दिनुभएको थियो भने अतिरिक्त क्रियाकलाप प्रमुख नरेन्द्र बहादुर क्षेत्रीले शिक्षकका तर्फबाट बधाई तथा आगामी दिनमा थप सफलताका लागि शुभकामना दिनुभएको थियो ।

कार्यक्रममा एसइइ परीक्षामा शतप्रतिशत विद्यार्थी उत्तीर्ण गराउन सफल नेपाली विषय शिक्षक प्रेम गौतम र अङ्ग्रेजी विषय शिक्षक डि आर भण्डारीलाई उत्प्रेरणा बढाउन विद्यालयका प्रधानाध्यापक टंक प्रसाद पौडेलले व्यक्तिगत तर्फबाट जनही रू १०/१० हजार प्रदान गर्नुभएको थियो भने कक्षा १० अध्यापन गराउनुहुने शिक्षकलाई सम्मान गरिएको थियो । विद्यालय व्यवस्थापन समिति अध्यक्ष प्रेमप्रसाद भुसालको अध्यक्षता, पूर्व विव्यस अध्यक्ष यादवनाथ आचार्य, गुरु प्रसाद देवकोटा, यादव सापकोटा र विष्णुप्रसाद न्यौपाने, शिक्षक अभिभावक संघका अध्यक्ष सीता अधिकारीलगायतको आतिथ्यमा सम्पन्न कार्यक्रममा विद्यार्थी अनिसा श्रेष्ठले धन्यवाद मन्तव्य व्यक्त गरेकी थिइन् भने कार्यक्रमको सञ्चालन सहायक प्रधानाध्यापक खेमराज खनालले गर्नुभएको थियो ।
-
१.
-
२.
-
३.
-
४.
-
५.
-
६.
-
७.
-
८.
-
९.
-
१०.
