logo

बुधबार, २४ भाद्र २०८३

बुधबार, भाद्र २४ २०८३

राजनीतिमा असुर प्रवृत्तिको उदय, मानवताको पतन र धर्मसंस्थापनाको चुनौती

राजनीतिमा असुर प्रवृत्तिको उदय, मानवताको पतन र धर्मसंस्थापनाको चुनौती


  • आइतबार, असार २२ २०८२
  • 4.1K
    SHARES

    युद्धमा मान्छे एकपटक मर्छ। त्यो शारीरिक अन्त्य हो—भौतिक रूपको विघटन। तर राजनीति त्यो रणभूमि हो, जहाँ मान्छे बारम्बार मर्छ। एकपटक विश्वास मर्छ, अर्को पटक आदर्श मर्छ, फेरि आत्मसम्मान, सच्चाइँ, अनि अन्ततः जनताको भरोसा र आफैप्रतिको सम्मान पनि क्रमशः मरिरहन्छ—कहिले झूटो शानको चिहानमा, कहिले अभिमानको घाटमा तडपिँदै। यस्तो मृत्यु बाँचुन्जेलै भोगिने चिहानजस्तो हो—न देखिने, न चिच्याउन मिल्ने, तर असह्य पीडा दिने।

    आजको नेपाली राजनीतिक परिदृश्यमा त्यस्तै एउटा मृत्युको श्रृंखला चलिरहेको छ। संसद भवनभित्रै भएको रबि लामिछानेको नागरिकता विवाद होस्, खतिवडा कुलिङको मुद्दा होस् वा लामो समयदेखि बलियो प्रमाण हुँदाहुँदै पनि उन्मुक्ति पाइरहेका ठूला भ्रष्ट्राचारकर्मीहरूको अवस्था होस्—यी सबै घटनाहरूले हाम्रो राजनीति कति गहिरो रूपमा असार, असत्य र अमानवीय बनिसकेको छ भन्ने देखाउँछ।

    राजनीति एउटा यस्तो युद्ध हो, जहाँ गोली होइन, चाल घातक हुन्छ। शत्रु दृश्य होइन, तर आफ्नै सहयात्रीको रूपमा सँगै हिँडिरहेको हुन्छ। प्रहार अगाडिबाट होइन, अक्सर पीठ पछाडिबाट हुन्छ। विश्वासले जिताएर सिंहासनमा पु¥याएको पात्रले झुटो भाषण, झुटो नीति, झुटो सपना बाँड्न थाल्छ। अनि साँचो सपना देख्ने, त्यागी, इमान्दार पात्रहरू क्रमशः ुपाखाु लाग्छन्। किनारमा धकेलिन्छन्। जेल जान्छन्। चरित्र हत्या गरिन्छ।

    अहिलेको राजनीति एकप्रकारको असुरतन्त्र बन्दै गएको छ—जहाँ चरित्रको सौदा गरिन्छ, इमानको तौल तोलिन्छ, र आत्मा माथि खिल्ली उडाइन्छ। यो मृत्यु एकचोटि हुँदैनस पटक–पटक हुन्छ। अझ गहिरो ढङ्गमा भन्ने हो भने, अहिलेको राजनीति राज्यसञ्चालनभन्दा बढी विश्वासको वधस्थल जस्तो भएको छ। देश बनाउनेभन्दा बिगार्ने योजनामा रमाउने, सेवा होइन सत्ताको लोभ गर्ने, सत्य होइन सत्तामुखी झूठ बोल्नेहरूको भीडले राजनीति कब्जा गरिरहेको छ।

    संसददेखि पार्टी केन्द्रीय समितिसम्म, मन्त्रीदेखि कार्यकारीसम्म, एउटा ठोस र गम्भीर समस्या देखिन्छ—नैतिकताहीन सत्ता प्यास। यहाँ इमानदारहरूको मूल्य छैन। विद्वान् किनारमा छन्। विचारवान् उपहासको पात्र छन्। जो झुक्छ, पैसा फुक्छ, चाकरी गर्छ, उही ‘पावरफुल’ नेता बन्छ। राजनीति सेवा होइन, सौदाबाजी बन्न पुगेको छ।

    यसरी हेर्दा, नेपालमा अहिले भइरहेको राजनीति—संविधानतः लोकतान्त्रिक देखिए तापनि—आत्मा विहीन, नैतिकता र विवेकको शून्यता भएको एक खतरनाक युगतर्फ अघि बढिरहेको छ। जुन राजनीति राष्ट्र सेवा होइन, परिवार सेवास जनताप्रतिको उत्तरदायित्व होइन, सत्ता जोगाउने जोड़तोड मात्र देखिन्छ।

    कसले ल्याउने धर्मसंस्थापनार्थ राजनीतिर ?
    श्रीमद्भगवद्गीताको एक प्रसिद्ध श्लोक छ—
    “परित्राणाय साधूनां विनाशाय च दुष्कृताम्।
    धर्मसंस्थापनार्थाय सम्भवामि युगे युगे॥”

    भगवानको यो वचन सत्य छ, तर अब प्रश्न उठ्छ—के राजनीति सुधार्न भगवान् नै अवतरित हुनुपर्ने होरु कि जनता, विशेषतः युवाहरूले त्यो धर्मस्थापनाको बीज बोकेर आफू नै युगदूत बन्ने होरु

    देशलाई बदल्ने शक्ति जनतामा छ। अझ गहिरो रूपमा भन्ने हो भने, युवाको विवेक, चेतना, साहस र इमानदारीमा नै देशको पुनर्निर्माण सम्भव छ। यदि राजनीति असुरहरुको कब्जामा पुगेको छ भने, यो संकेत हो—दैवी गुणयुक्त व्यक्तिहरूले अब अघि बढ्नुपर्छ।

    अन्तिम प्रश्न र उत्तर : के अझै मूकदर्शक बनिरहनेर ?
    आजको अवस्था एउटा चेतावनी हो—कि अब समय आइसकेको छ जब हामीले केवल नेताहरू होइन, नीति, नीयत र नैतिकताको पुनर्विचार गर्नुपर्छ। लोकतन्त्रको अर्थ केवल निर्वाचन होइनस त्यो आत्मिक जागरण हो। इमान, विचार, करुणा र विवेकसहितको नेतृत्वको आवश्यकता हो।

    यदि हामी अझै चुप बस्यौं भने, यो देश केवल सत्तामोहको खेलमा सीमित हुनेछ। त्यसैले,

    अबको राजनीति असुरतन्त्र बन्न नदिनु हाम्रो कर्तव्य हो।
    यो समय, यो देश, अब सत्प्रवृत्तिहरूको क्रान्तिको पर्खाइमा छ।

    प्रकाशित : आइतबार, २२ असार २०८२ , १०:०२ बिहान
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित न्युज
    ताजा अपडेट

    © 2026 All right reserved to loksarathi.com | Site By : SobizTrend