logo

शुक्रबार, ८ साउन २०८३

शुक्रबार, साउन ८ २०८३

दीप बोर्डिङ हाई स्कूलका संजोग भण्डारी नेपाल प्रथम, उत्सव भट्टराई द्वितीय

दीप बोर्डिङ हाई स्कूलका संजोग भण्डारी नेपाल प्रथम, उत्सव भट्टराई द्वितीय


  • मंगलबार, साउन २० २०८२
  • 6.2K
    SHARES

    बुटवल ।
    बुटवलको सुख्खानगरमा अवस्थित प्रतिष्ठित शैक्षिक संस्था दीप बोर्डिङ हाई स्कुलले यस वर्षको एसएलसी परीक्षामा ऐतिहासिक सफलता हासिल गरेको छ। विद्यालयका संजोग राज भण्डारीले ३.९६ जिपिए प्राप्त गर्दै नेपाल प्रथम बन्न सफल भएका छन् भने उत्सव राज भट्टराईले ३.९५ जिपिए सहित नेपाल दोस्रोको गौरव हासिल गरेका छन्।

    उक्त विद्यालयको विज्ञान संकायमा अध्ययनरत सम्पूर्ण विद्यार्थीले शतप्रतिशत नतिजा ल्याउन सफल हुँदै विद्यालयको शैक्षिक गुणवत्तामा नयाँ आयाम थपेका छन्। यसैगरी व्यवस्थापन संकायका विद्यार्थीहरू पनि उत्कृष्ट अंकका साथ परीक्षामा उत्तीर्ण भएको विद्यालय प्रशासनले जानकारी दिएको छ।

    विद्यालयका प्राचार्य टीकाराम न्यौपानेअध्यक्ष राजेन्द्र प्रसाद ध्वजूले यी ऐतिहासिक उपलब्धिहरूको निम्ति सम्पूर्ण विद्यार्थी, शिक्षक, कर्मचारी तथा अभिभावकहरूलाई बधाई तथा शुभकामना व्यक्त गरेका छन्। विद्यालयको नतिजाले न केवल विद्यार्थीहरूको मेहनत र प्रतिभालाई प्रमाणित गर्छ, तर शिक्षक वर्ग, कर्मचारी तथा अभिभावकहरूको जिम्मेवारी र समर्पणलाई पनि उजागर गरेको छ।

    विद्यालय व्यवस्थापन समितिको तर्फबाट अध्यक्ष ध्वजू र प्राचार्य न्यौपानेद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “यो सफलता एक व्यक्तिको नभई सामूहिक प्रयासको उपज हो। शिक्षकहरूको निष्ठा, कर्मचारीहरूको सेवा भावना र अभिभावकहरूको साथले विद्यालयको यथोचित उन्नति सम्भव भएको हो।”

    विद्यालयको यो उल्लेखनीय नतिजाले दीप बोर्डिङ हाई स्कुलको ख्यातिलाई राष्ट्रियस्तरमै थप उचाइमा पुर्‍याएको छ। शिक्षा क्षेत्रमा यस्तो प्रेरणादायी सफलता निरन्तर दोहोरिन सकोस् भन्ने शुभेच्छासहित सम्पूर्ण विद्यालय परिवार आज गर्वित मुद्रामा देखिन्छ।

    प्रकाशित : मंगलबार, २० साउन २०८२ , ०६:४० बेलुका
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित न्युज

    © 2026 All right reserved to loksarathi.com | Site By : SobizTrend