किन छ भदौ मास भयंकर संकटकारी यसको पूर्ण आकलन गर्नु आवश्यक छ । श्राद्ध पक्ष भदौ महिना अर्थात् सेप्टेम्बरमा आरम्भ हुँदै छ । भाद्र २३ गतेदेखि यो श्राद्ध पक्ष शुरु हुादै छ । सोमबारदेखि श्राद्धपक्ष शुरु हुँदै छ र यो दिन भोलेनाथलाई समर्पित छ । यस ब्रहमाण्डको अन्य ऊर्जालाई समर्पित छ । पंचक पनि चलिरहेको हुने छ । जुन समयमा कुनै कार्य वा घटना हुनछ त्यसबेला पंचक चल्दैछ भने त्यसलाई शुभ मानिदैन, अर्थात् त्यस घटनालाई थप वृद्धि अवश्य गरिदिन्छ पंचकले । तपाईले सुन्नुभाकै होला पंचकका बेला कसैको मृत्यु भयो भने पाँच जनाको मृत्यु हुने सम्भावना निर्माण हुन्छ ।
उसको मृत्यु त पंचकमा भयो त्यसैले पंचक पूजा गराउनुपर्छ भन्ने मान्यता पहिलेदेखि छ । पंचक कुनै पनि घटनालाई वृद्धि गर्न पर्याप्त छ । भाद्र २३ सोमबारका दिन श्राद्ध पक्ष आरम्भ हुँदै छ । योसँगै श्राद्ध पक्षमा एउटा तिथिको क्षय हुँदैछ । चतुर्थी तिथिको क्षय छ । तृतीया पछि सिधै पंचमी तिथि रहेको छ । सनातनीहरुले यसबाट बुझ्न आवश्यक छ कि पंचक भित्र श्राद्ध पक्ष आरम्भ हुनु र त्यसमा पनि एउटा तिथिको क्षय हुनु, सोमबारका दिन सोह्र श्राद्ध प्रारम्भ हुनु र आइतबारका दिन यसको समाप्ति भईरहेको अवस्थालाई यदि स्पष्ट रुपमा बुझ्ने हो भने तपाईलाई यहाँ एक प्रकारको प्याटर्न् देखिन्छ । यसले सिद्ध गर्न खोजेको छ कि यस ब्रह्माण्डमा एक नयाँ डाइमेन्शन वा आयाम खुल्न गइरहेको छ र पुराना डाइमेन्शनका ढोकाहरु बन्द गरिँदै छन् ।
सोह्र श्राद्धभन्दा अघिल्लो दिन अर्थात् २२ भदौ पूर्णिमाका दिन चन्द्र ग्रहण पनि छ । चन्द्र ग्रहण लगतै सोह्र श्राद्ध आरम्भ हुँदै छ र सूर्यग्रहणसँगै यो श्राद्धपक्ष समापन हुँदै छ । चन्द्र ग्रहण र सूर्य ग्रहणभित्र श्राद्ध पक्ष हुनु यो कुनै सानो खगोलीय घटना हुँदै होइन । यसले के संकेत दिँदैछ भने अब भदौको अन्तिम साता र असोज मासको दुई सातासम्म अर्थात् सेप्टेम्बर महिनामा विनाशका घटनाहरुले थप तीव्रता लिने छन् । परिर्वनको यो रुपरेखालाई अत्यन्तै तीव्र गतिमा भइरहेको देख्न सकिने छ । यस वर्षको क्षय तिथि, ग्रहण र श्राद्धपक्षको समिकरणले अर्काे वर्षको श्राद्धपक्षसम्म अकल्पनीय घटनाहरु निम्याउँदै छ । यो दुनिया पूर्णतया परिवर्तन भइसकेको हुने छ । दुनियाका सबै नीतिहरु सय प्रतिशत धराशायी बन्ने छन् । कानुन व्यवस्थाको कसनै नामनिसान रहने छैन ।
विनाशको त्यो लीला हुँदै छ जसको आज हामीले कल्पनासमेत गरेका छैनैँ । यस वर्षएको सोह्र श्राद्ध समाप्तिपछिको नवरात्रा र आगमनोन्मुख वर्षको नवरात्रासम्म यस्ता यस्ता घटनाहरु हुने छन् जसलाई रोक्न मानिसहरुको सामर्थ्यले कार्य गर्ने नै छैन । विनाशलीलालाई रोक्न असमर्थ मानवजातिले सोच्न बाध्य हुने छ ईश्वरसत्ताका विषयमा । अब मानिसहरु सोच्न थाल्ने छन् यस विनाशको परिस्थितिबाट कसले तार्ने होला र यस्तोमा अब कल्कीको भूमिका प्रारम्भ हुने छ । अर्थात् यी परिस्थितिहरुले यस्तो समयको आवहान गर्ने छने जहाँ त्यसपछि कल्की लुकेर बस्न सक्ने छैन । कल्कीलाई दुनियासामु आउनै पर्नेछ र आफ्नो कार्य गर्नुपर्ने छ । किनकि यही त्यो परिस्थिति हो जसले दुनियामा अत्यन्तै ठुलो परिवर्तनको रुपरेखा निर्माण गर्नेवाला छ । पुरानो डाइमेन्शनको ढोका बन्द हुँदै छ, नयाँ डाइमेन्शनको ढोका खोलिँदै छ । यो सामान्य घटना हुँदैहोइन जसलाई तपाईँले हलुका रुपमा लिनुहोस् । यो त युगौँमा एक पटक हुने घटना हो र जुन घटना युगौँमा हुन्छ त्यसको पूर्वाभास हुन सकोस् भन्ने कुरा मानिसको क्षमताभन्दा बाहिर को हो । किनकि युग परिवर्तन के हो, कसरी हुन्छ, युगौँयुगको इतिहास कस्तो छ, युग परिवर्तनको सिद्धान्त के हो, यस धर्तीको तत्वज्ञान के हो आदि सबै कुराको जानकारी मानवजातिलाई छैन । यस्तो अवस्थामा युग परिवर्तनको रुपरेखा हामीबाट तय होस् सम्भव नै छैन । तपाई हाम्रो जानकारी सीमित छ ।
यस्तो परिस्थितिमा हामी केवल दृष्टिकोण बनाउन सक्छौँ । युगपरिवर्तनको रुपरेखा कोर्न सक्दैनौँ । परन्तु यस युगपरिवर्तनको बारेमा जसलाई सम्पूर्ण ज्ञान छ उनी तिनै युगपुरुष हुन् जो सृष्टिको आरम्भमा पनि यस धरामा थिए र जबजब युग परिवर्तन भयो उनी यस धरामै उपस्थित थिए । त्यसैले उनलाई यस युगपरिवर्तनको पूर्ण ज्ञान छ र उनैबाट यो युगपरिवर्तन हुन्छ । त्यसकारण अबको समय सामान्य कालखण्ड अन्तर्गत पर्देन । यसको प्रथम गवाही हामीलाई ग्रहहरुले दिइरहेका छन् । उनीहरुको परिस्थितिले दिइरहेको छ । ३० मार्च २०२५ पछि निरन्तर यस्ता घटनाहरु हुँदैछन् जुन आफैँमा एक युगमा हुने गर्दछन् । सनातनीहरुले यति कुरा बुझ्न आवश्यक छ कि २३ भदौपछि जे हुनेवाला छ त्यो न पहिले भयो न कहिले हुने छ । यो परिवर्तनको घटनाक्रम पूरा एक वर्ष चल्ने छ । यस एक वर्ष भित्र दुनियाँको हालात जे हुने छ त्यसको कल्पना मानवजातिले गर्नै सक्दैन । त्यो शब्द नै यस दुनियामा छैन जसले यो परिस्थितिको बयान दिन सकोस् । हामी मानिसले यति मात्रै बुझौँ कि अब युग परिवर्तनको पालो हो र त्यसको यो अन्तिम कालखण्ड हो । युगपरिवर्तनका सबै कार्यहरु यस एक वर्षमा गरिने छन् । त्यसपछि यस संसारमा धर्मास्थापनाको प्रत्यक्ष कार्य हुने छ र यस कार्यमा ती सबै मनुष्य जसले ईश्वरसत्तामा विश्वास गर्छन् सम्मिलित पनि हुने छन् । यस धर्मास्थापनामा ईश्वरसत्ताप्रेमीहरुले आफ्नो भूमिका पूरा गर्नेछन् । किनकि युग परिवर्तनको नव सिर्जनामा उनै जीवात्माहरुले अवसर पाउने छन् जसले ईश्वरमा विश्वास राख्दछन् र त्यही ईश्वर सत्ता अन्तर्गत रहेर आफ्नो जीवनलाई सुन्दर बनाउन चाहन्छन् । जहाँ विनाश छ त्याहाँ सिर्जन पनि छ र विनाशको पनि एक अन्तिम समय अवश्य हुन्छ जस्तै महाभारतको त्यो १८ दिन, राम–रावणका बिच युद्धका ती अन्तिम पल, जब सबैले धराशायी हुनु थियो । यही समय हो ८ सेप्टेम्बर अर्थात् २३ भदौदेखि शुरु हुने कालखण्ड जस्तो युग परिवर्तनका सबै कार्यहरु पूरा गर्ने छ । परिस्थितिको गाम्भिर्यलाई शब्दद्वारा बुझाउन सकिँदैन । तपाई हामी त घटनाहरुको साक्षी मात्रै बन्ने हो । यो दुनिया धर्मयुगमा कसरी प्रवेश गर्दैछ त्यो पनि तपाईहामीलाई शीघ्र नै अवगत हुने छ । यस विश्लेषणले युग परिवर्तन सम्बन्धमा दृष्टिकोण मात्रै निर्माण गर्न सक्छ, योभन्दा बढी मानिसले बुझ्न सक्ने छैनन् । त्यसैले भावनाको स्तरमा ईश्वरलाई प्रणाम गर्नुहोस्, जे हुँदै छ राम्रो हुँदै छ, जे हुनेवाला छ राम्रै हुने छ भन्दै केवल ईश्वरमाथि विश्वास राख्नुहोस् । योभन्दा बढी तपाईहामीले न केही गर्न सक्छौँ न त केही गर्नुपर्ने नै छ ।
उपरोक्त विश्लेषणको बुँदागत सारांश
१. भदौ महिनाको विशेषता र संकटकारी स्वरूप
-
भाद्र महिना (सेप्टेम्बर) नै परम्परादेखि संकटकारी मानिएको छ।
-
यस वर्ष भाद्र २३ गते सोमबारदेखि श्राद्धपक्ष सुरु हुँदैछ। यो दिन भोलेनाथलाई समर्पित दिन पनि हो।
-
ब्रह्माण्डको अन्य ऊर्जालाई पनि यस दिन समर्पण हुने भएकाले यसको आध्यात्मिक महत्त्व अत्यधिक छ।
२. पंचकको संयोग
-
श्राद्धपक्ष शुरु हुने बेला पंचक पनि चलिरहेको छ।
-
पंचकलाई कुनै पनि घटना वा परिणामलाई वृद्धि गराउने कारक मानिन्छ।
-
मान्यता छ, यदि कसैको मृत्यु पंचकमा भयो भने त्यसपछि थप पाँच जनाको मृत्यु हुने सम्भावना रहन्छ, त्यसैले पंचक पूजा गर्नुपर्छ।
-
यसरी, श्राद्धपक्ष पंचकको बीचमा शुरु हुनु ठूलो संकेत हो।
-
तिथिको क्षय (चतुर्थी क्षय)
-
श्राद्धपक्षमा एउटा महत्वपूर्ण तिथि हराइरहेको छ।
-
तृतीया पछि सिधै पंचमी तिथि आउँछ, चतुर्थी तिथि क्षय हुन्छ।
-
श्राद्धपक्ष आरम्भमै यस्तो क्षय हुनु असामान्य मानिन्छ।
-
४. श्राद्धपक्षको सुरुवात र ग्रहणको संयोग
-
२२ भदौ पूर्णिमाको दिन चन्द्रग्रहण छ।
-
चन्द्रग्रहण लगत्तै २३ भदौ सोमबार श्राद्धपक्ष शुरु हुन्छ।
-
सोह्र श्राद्धपक्षको समापन भने सूर्यग्रहणसँगै हुने छ।
-
यसरी, श्राद्धपक्ष दुई ग्रहणबीच परेको छ, जुन अत्यन्त दुर्लभ र गम्भीर खगोलीय घटना हो।
५. खगोलीय र आध्यात्मिक पैटर्न
-
ग्रहण र क्षय तिथिसँगै पंचकमा श्राद्धपक्ष सुरु हुनु कुनै सामान्य घटना होइन।
-
यसले ब्रह्माण्डमा नयाँ डाइमेन्शन खुल्दै पुराना डाइमेन्शनका ढोका बन्द हुँदै गएको संकेत दिन्छ।
-
यही कालखण्डले महाविनाश र महापरिवर्तन दुवैलाई जन्म दिनेछ।
६. महासंकट र महापरिवर्तनको भविष्यवाणी
-
भदौ अन्तिम साता र असोजको पहिलो दुई सातासम्म (सेप्टेम्बर) संसारमा विनाशका घटनाहरू तीव्र हुने देखिन्छ।
-
आगामी एक वर्ष (अर्को श्राद्धपक्षसम्म) अकल्पनीय घटनाहरू हुने छन्।
-
दुनियाका सबै नीतिहरू, कानुन, व्यवस्था पूर्ण रूपमा ध्वस्त हुनेछन्।
-
यस्ता घटनालाई रोक्ने क्षमता मानवसँग हुने छैन।
७. कल्कीको भूमिका
-
विनाशको यो लीला देखेर मानव ईश्वरप्रति सोच्न बाध्य हुनेछ।
-
यस्तो परिस्थितिमा कल्की अवतारको भूमिका प्रारम्भ हुनेछ।
-
कल्की लुकेर बस्न सक्ने छैनन्, दुनियासामु प्रकट भई धर्मस्थापना गर्नेछन्।
८. युग परिवर्तनको संकेत
-
पुरानो डाइमेन्शन बन्द हुँदैछ, नयाँ डाइमेन्शन खुल्दैछ।
-
यस्ता घटनाहरू युगौँमा एक पटक मात्र हुने गर्छन्।
-
३० मार्च २०२५ पछि निरन्तर यस्ता घटनाहरू देखापर्दैछन् जसले युगपरिवर्तनलाई संकेत गर्छ।
-
२३ भदौ २०८२ (८ सेप्टेम्बर २०२५) पछि यो प्रक्रिया अझ स्पष्ट हुनेछ।
९. विनाश र सिर्जना
-
जहाँ विनाश हुन्छ त्यहाँ सिर्जना पनि हुन्छ।
-
महाभारतको १८ दिनको युद्ध, राम–रावण युद्धको अन्तिम पल जस्तै यो पनि अन्तिम काल हो।
-
यही कालखण्डमा युगपरिवर्तनका सबै कार्य सम्पन्न हुनेछन्।
-
त्यसपछि धर्मयुगको प्रत्यक्ष स्थापना हुनेछ।
१०. मानवको भूमिका
-
मानिसले युगपरिवर्तनको रुपरेखा कोर्न सक्दैन।
-
केवल दृष्टिकोण बनाउन सक्छ, घटनाको साक्षी बन्न सक्छ।
-
ईश्वरसत्तामाथि विश्वास गर्नेहरूले मात्र नयाँ सिर्जनामा भूमिका खेल्नेछन्।
-
सनातनीहरूले बुझ्नुपर्ने कुरा के हो भने २३ भदौपछि सुरु हुने घटनाहरू अद्वितीय छन्, न त पहिले भएका छन् न त फेरि हुनेछन्।
११. आध्यात्मिक सन्देश
-
यस्तो कालखण्डलाई हलुका रूपमा लिनु हुँदैन।
-
यो युगपरिवर्तनको अन्तिम समय हो।
-
ईश्वरप्रति पूर्ण विश्वास राख्दै “जे हुँदै छ, राम्रै हुँदै छ” भन्ने भावनासहित स्वीकार गर्नु नै मानवको एक मात्र कर्तव्य हो।
-
१.
-
२.
-
३.
-
४.
-
५.
-
६.
-
७.
-
८.
-
९.
-
१०.
