logo

मंगलबार, २३ भाद्र २०८३

मंगलबार, भाद्र २३ २०८३

नेपालको ‘ए’ क्रिकेट टिम आज आसाम स्टेट टोलीसँग तेस्रो टी–२० खेल्दै

नेपालको ‘ए’ क्रिकेट टिम आज आसाम स्टेट टोलीसँग तेस्रो टी–२० खेल्दै


  • शनिबार, भाद्र १४ २०८२
  • 1K
    SHARES

    गुवाहाटी । भारत भ्रमणमा रहेको नेपालको ‘ए’ क्रिकेट टिमले आज आसाम स्टेट टोलीसँग तेस्रो टी–२० खेल्दैछ। यी दुई टिमबीचको खेल गुवाहाटीमा बेलुकी ५ बजे सुरु हुने कार्यक्रम छ।

    पाँच खेलको सिरिज हाल १–१ को अवस्थामा रहेको छ। पहिलो खेलमा १५ रनले पराजित भएको नेपालले दोस्रो खेलमा उत्कृष्ट प्रदर्शन गर्दै ९६ रनको फराकिलो जित निकालेको थियो। उक्त खेलमा नेपाल ‘ए’ ले आसामलाई ७७ रनमै अलआउट गरेको थियो। तेस्रो खेलमा पनि नेपालले सोही प्रदर्शन दोहोर्याउँदै सिरिजमा २–१ को अग्रता लिन लक्ष्य बनाएको छ।

    नेपाल ‘ए’ टिम १६ महिनापछि सिरिज खेलिरहेको हो। यसअघि नेपालले गत वर्ष अप्रिलमा आयरल्याण्ड ‘ए’ सँग सिरिज खेलेको थियो।

    भारत भ्रमणमा नेपालको ‘ए’ टिमको कप्तानी अनिलकुमार साहले गरिरहेका छन्। टिममा उनीसहित अर्जुन घर्ती मगर, तृतराज दास, शुभ कंसाकार, इशान पाण्डे, देव खनाल, सन्दीप जोरा, मोहम्मद आदिल आलम, विवेक यादव, पवन सर्राफ, बसिर अहमद, कमल सिंह ऐरी, आकाश चन्द, सागर ढकाल, शेर मल्ल र युवराज खत्री रहेका छन्।

    प्रकाशित : शनिबार, १४ भाद्र २०८२ , ०९:५० बिहान
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित न्युज
    ताजा अपडेट

    © 2026 All right reserved to loksarathi.com | Site By : SobizTrend