लोकसारथि संवाददाता, काठमाडौं ।
भ्रष्टाचारविरुद्धको आन्दोलन स्वरूप स्वतन्त्र युवाहरूले सोमबार बिहान माइतीघर मण्डलामा आयोजना गर्न लागेको प्रदर्शनलाई स्थानीय प्रशासनले अनुमति दिएको छ।
काठमाडौं जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी मुक्तिराम रिजालले प्रचलित कानुनको अधीनमा रही, तोडफोड नगर्ने शर्तमा प्रदर्शन गर्न अनुमति दिइएको जानकारी दिएका छन्। उनले भने, “निषेधित क्षेत्रमा प्रवेश नगर्ने गरी, शान्तिपूर्ण तरिकाले कार्यक्रम गर्न पाइनेछ।”
स्वतन्त्र नेपाली युवाहरूको यो प्रदर्शनमा २८ वर्षभन्दा कम उमेर समूहका सहभागीहरूलाई आह्वान गरिएको छ। उनीहरूले भ्रष्टाचारविरुद्ध आवाज उठाउने मात्र नभई सामाजिक सञ्जाल बन्दको पनि विरोध गर्ने जनाइएको छ। संयोजक सबल गौतम र पुरुषोत्तम यादवले कार्यक्रममा युवाहरूको स्वतन्त्र सहभागिता रहने बताउँदै, शान्ति–सुरक्षाको व्यवस्था मिलाइदिन प्रशासनलाई आग्रह गरेका छन्।
यस आन्दोलनलाई काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) र मेडिकल व्यवसायी दुर्गा प्रसाईँ लगायतले समर्थन जनाएका छन्। शाहले सामाजिक सञ्जालमार्फत आफ्नो समर्थन जनाउँदै जेनजी पुस्ताको आवाज सुन्नुपर्ने बताएका छन्।
-
१.
-
२.
-
३.
-
४.
-
५.
-
६.
-
७.
-
८.
-
९.
-
१०.
