लोकसारथि संवाददाता, काठमाडौं ।
सामाजिक सञ्जाल बन्द र जेनजेड आन्दोलनमा भएको प्रहरी दमनपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले अर्ली चुनावको माग गरेको छ। सोमबार बसेको सचिवालय बैठकले वर्तमान सरकारको औचित्य समाप्त भएको निष्कर्ष निकाल्दै ताजा जनादेशमा जानुपर्ने माग गरेको हो।
बैठकपछि जारी विज्ञप्तिमा रास्वपाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजीनामा दिन दबाब दिएको छ। साथै, प्रदर्शनका क्रममा भएको मृत्यु र दमनबारे छानबिन गर्न उच्चस्तरीय न्यायिक छानबिन आयोग गठन गर्न पनि माग गरिएको छ।
रास्वपाले कांग्रेस–एमाले गठबन्धनको वर्तमान सरकारलाई राष्ट्रिय मुद्दाको समाधान दिन असमर्थ भएको र वैधता गुमाएको ठहर गरेको छ।
‘जनताले कुशासन अब सहने छैनन्’
रास्वपाले जारी गरेको विज्ञप्तिमा भनिएको छ,
‘देशमा व्याप्त भ्रष्टाचार, कानूनी शासनको अवहेलना, क्रुर राजनीतिक अभ्यास र सामाजिक सञ्जाल बन्द गरेर अभिव्यक्ति स्वतन्त्रता खोसिएको विरुद्धमा नेपालको पछिल्लो पुस्ता जेनजेडद्वारा आयोजित आजको प्रदर्शनमा सरकारले गरेको बर्बर दमनको राष्ट्रिय स्वतन्त्र पार्टी भर्त्सना गर्दछ। निहत्था नवयुवाहरूले गरेको शान्तिपूर्ण लोकतान्त्रिक आन्दोलनको पहिलो प्रहरमै सरकारले गरेको आमहत्याको हामी घोर निन्दा गर्दै चेतावनी दिन्छौँ: आफ्नै सन्तानको रगतमा लत्पतिएर कुशासन लम्ब्याउने कुचेष्टा अब जनताले सहने छैनन् र यो आततायी शासनको जनप्रतिवाद हुनेछ।’
रास्वपाले अबको बाटो नयाँ चुनाव मात्र भएको दाबी गर्दै, मुलुकलाई निकास दिन तत्काल संसद् विघटन गरेर जनतासमक्ष जानुपर्ने निष्कर्ष सार्वजनिक गरेको छ।
-
१.
-
२.
-
३.
-
४.
-
५.
-
६.
-
७.
-
८.
-
९.
-
१०.
