logo

आइतबार, २८ भाद्र २०८३

आइतबार, भाद्र २८ २०८३

प्रचण्डको खुमलटारस्थित निवासमा प्रदर्शनकारीद्वारा आगजनी

प्रचण्डको खुमलटारस्थित निवासमा प्रदर्शनकारीद्वारा आगजनी


  • मंगलबार, भाद्र २४ २०८२
  • 455
    SHARES

    लोकसारथि संवाददाता, काठमाडौं ।

    ललितपुरको खुमलटारस्थित नेकपा (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को निवासमा प्रदर्शनकारीहरूले आगजनी गरेका छन्।

    जिल्ला प्रहरी परिसर ललितपुरका एक अधिकारीका अनुसार, सुरुमा प्रदर्शनकारीहरूले ढुंगामुढा गरेका थिए। त्यसपछि उनीहरूले निवास परिसरमा आगजनीसमेत गरेका हुन्। प्रहरीले भने स्थिति नियन्त्रणमा लिन प्रयास गरिरहेको जनाएको छ।

    सोमबारबाट सुरु भएको जेनजी पुस्ताको आन्दोलन काठमाडौंसहित देशका विभिन्न सहरमा चर्किदैँ गएको छ। प्रदर्शन हिंस्रक बन्दै जाँदा नेताहरूको निवास र सरकारी भवनहरू प्रत्यक्ष आक्रमणको निशानामा पर्न थालेका छन्।

    प्रकाशित : मंगलबार, २४ भाद्र २०८२ , १०:५९ बिहान
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित न्युज
    ताजा अपडेट

    © 2026 All right reserved to loksarathi.com | Site By : SobizTrend