logo

आइतबार, २८ भाद्र २०८३

आइतबार, भाद्र २८ २०८३

निवर्तमान गृहमन्त्री रमेश लेखकको घरमा प्रदर्शनकारीको तोडफोड

निवर्तमान गृहमन्त्री रमेश लेखकको घरमा प्रदर्शनकारीको तोडफोड


  • मंगलबार, भाद्र २४ २०८२
  • 806
    SHARES

    लोकसारथि संवाददाता, काठमाडौं ।

    सामाजिक सञ्जाल प्रतिबन्धविरुद्ध भड्किएको जेनजी पुस्ताको आन्दोलन मंगलबार पनि जारी रहँदा निवर्तमान गृहमन्त्री रमेश लेखकको घरमा प्रदर्शनकारीले तोडफोड गरेका छन्।

    मंगलबार साँझ काठमाडौंको नैकापस्थित लेखकको निवासमा प्रदर्शनकारीहरूले तोडफोड गर्दै आगजनी प्रयाससमेत गरेको घटनास्थलमा रहेका पत्रकार रोशन दानीले जानकारी दिएका छन्। दानीका अनुसार, प्रदर्शनकारीहरू घरमा प्रवेश गरी निरन्तर ढुंगामुढा र तोडफोड गरिरहेका थिए।

    याद रहोस्, काठमाडौंको नयाँबानेश्वर र सुनसरीको इटहरीमा सोमबार भएको जेनजी प्रदर्शनमा प्रहरीले बल प्रयोग गर्दा १९ जनाको मृत्यु भएपछि लेखकले नैतिक जिम्मेवारी लिँदै सोमबार नै गृहमन्त्री पदबाट राजीनामा दिएका थिए।

    प्रकाशित : मंगलबार, २४ भाद्र २०८२ , ११:३४ बिहान
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित न्युज
    ताजा अपडेट

    © 2026 All right reserved to loksarathi.com | Site By : SobizTrend