लोकसारथि संवाददाता, काठमाडौं ।
सामाजिक सञ्जाल प्रतिबन्धविरुद्ध उग्र बनेको जेनजी पुस्ताको आन्दोलन अन्तर्गत मंगलबार दिउँसो नेपाली कांग्रेसको सानेपास्थित केन्द्रीय कार्यालयमा प्रदर्शनकारीहरूले आगजनी गरेका छन्।
बल्खु क्षेत्रमा भड्किएको आन्दोलनपछि अगाडि बढेको भीड सानेपा पुगेपछि कार्यालय बाहिर तोडफोडसँगै आगजनीसमेत गरिएको eyewitnessहरूले बताएका छन्। अहिले त्यहाँको वातावरण तनावपूर्ण बनेको छ भने सुरक्षाकर्मीहरूले स्थिति नियन्त्रणमा लिन प्रयास गरिरहेका छन्।
यसअघि काठमाडौं उपत्यकाका विभिन्न क्षेत्रमा झडप, तोडफोड र आगजनी भइरहेका छन्। सोमबार मात्र जेनजीको आन्दोलनमा १९ जनाको ज्यान गइसकेको थियो भने सयौँ घाइते भएका थिए।
-
१.
-
२.
-
३.
-
४.
-
५.
-
६.
-
७.
-
८.
-
९.
-
१०.
