logo

आइतबार, २८ भाद्र २०८३

आइतबार, भाद्र २८ २०८३

बूढानीलकण्ठस्थित देउवा निवासमा आगजनी, प्रहरीको गोली प्रहार

बूढानीलकण्ठस्थित देउवा निवासमा आगजनी, प्रहरीको गोली प्रहार


  • मंगलबार, भाद्र २४ २०८२
  • 897
    SHARES

    लोकसारथि संवाददाता, काठमाडौं ।

    नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको बूढानीलकण्ठस्थित निवासमा सोमबार राति प्रदर्शनकारीले आगजनी गरेका छन्।

    सयौँ संख्यामा पुगेका प्रदर्शनकारीले निवास परिसरमा प्रवेश गरी आगजनी गरेपछि अवस्था नियन्त्रण बाहिर गएपछि प्रहरीले गोली चलाएको छ।

    प्रहरीले भर्खरै गोली प्रहार गरेको भए पनि त्यसपछिको विस्तृत विवरण प्राप्त भइसकेको छैन। घटनास्थलमा स्थिति तनावग्रस्त रहेको सुरक्षा निकायले जनाएको छ।

    यसअघि काठमाडौंका विभिन्न स्थानमा भ्रष्टाचारविरोधी आन्दोलनमा सहभागी ‘जेनजी’ पुस्ताका प्रदर्शनकारी र सुरक्षाकर्मीबीच झडप भइरहेका थिए।

    प्रकाशित : मंगलबार, २४ भाद्र २०८२ , १२:५९ बेलुका
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित न्युज
    ताजा अपडेट

    © 2026 All right reserved to loksarathi.com | Site By : SobizTrend