काठमाडौं । राजधानीमा उत्पन्न भएको उच्च राजनीतिक तनावबीच नक्खु जेलमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई रिहा गर्ने तयारी भएको स्रोतले जनाएको छ।
यो पहल काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहको सक्रियतामा सुरु भएको बताइएको छ। उनले लामिछानेलाई जेलमुक्त गराई सरकारको नेतृत्व स्थिर राख्ने प्रयास भइरहेको बताइएको छ।
स्रोतका अनुसार, वर्तमान परिस्थितिमा प्रधानमन्त्री केपी शर्मा ओलीसहित पुराना नेताहरू भाग्ने तयारीमा रहेका छन्। यसैको कारण सरकारले लामिछानेलाई सरकारभित्र ल्याएर सत्ता निरन्तरता दिने रणनीति बनाएको देखिएको छ।
यसैबीच हेलिकप्टर बालुवाटारमा पुगेको र ओलीलाई विमानस्थलसम्म पुर्याएर हिमालयन एयरलाइन्समार्फत विदेशी गन्तव्यतर्फ पठाउने तयारी भइरहेको खबर आएको छ।
स्थिति थप जटिल बन्दै गएको छ। ओली पक्ष र उनीसँग सहमत व्यक्तिहरूको उपत्यकामा रहेका घरमा आगजनी भएकोसमेत जानकारी प्राप्त भएको छ।
राजधानीलगायत मुलुकका विभिन्न स्थानमा स्थिति अत्यन्तै तनावपूर्ण रहेको र सुरक्षा निकायले तत्काल नियन्त्रणमा लिन प्रयासरत रहेको सरकारी अधिकारीहरूले बताएका छन्।
-
१.
-
२.
-
३.
-
४.
-
५.
-
६.
-
७.
-
८.
-
९.
-
१०.
