काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले सोमबार भएको जेन–जी आन्दोलनमा अनाहकमा मारिएका युवाहरूप्रति सरकारको कमजोरी र नेतृत्वको असफलता कडा शब्दमा उजागर गरेका छन्।
शाहले ट्विटरमा लेखेका छन्, “तेरो भरौटेहरूको पो बा भइस्। साँच्चै नै कहिले बा हुन पाएको भए पो छोरा छोरीको मृत्युको पीडा बुज्थिस। यस्तो आतङ्कवाद यो विश्वले कहिले देखेको थिएन। त नेता त के मान्छे पनि बन्न सकेनस, आतङ्कबादी होस।”
उनको यो अभिव्यक्ति कुनै व्यक्तिगत नाम उल्लेख नगरी गरिए पनि अधिकांशले प्रधानमन्त्री केपी शर्मा ओली र वर्तमान राजनीतिक नेतृत्वलाई लक्षित भएको स्पष्ट रुपमा व्याख्या गरेका छन्।
बालेन शाहका अनुसार, देशभर फैलिएको हिंसात्मक दमन र अनाहक युवा मृत्युले राजनीतिक नेतृत्वको क्षमता र जिम्मेवारीप्रतिको गम्भीर प्रश्न उठाएको छ। उनले यस किसिमको हिंसालाई रोक्न तत्काल प्रभावकारी कदम चाल्न सरकारलाई चेतावनी दिएका छन्।
यसअघि सोमबार नेपालभर जेन–जी अर्थात् युवा पुस्ताले सामाजिक सञ्जालमा लगाइएको प्रतिबन्ध र बढ्दो भ्रष्टाचारको विरोधमा सडक आन्दोलन गरेका थिए। प्रहरीद्वारा गोली चलाइएपछि कम्तीमा १९ जनाको मृत्यु भएको थियो भने दर्जनौं घाइते भएका थिए।
विशेषज्ञहरूले शाहको अभिव्यक्तिलाई अहिलेको राजनीतिक अस्थिरता र नागरिक असन्तुष्टिको प्रतिनिधित्व गर्ने रूपमा लिएका छन्।
-
१.
-
२.
-
३.
-
४.
-
५.
-
६.
-
७.
-
८.
-
९.
-
१०.
