काठमाडौं । देशव्यापी रूपमा फैलिएर हिंसात्मक बनेको ‘जेन-जी’ आन्दोलनबीच प्रधानसेनापति अशोकराज सिग्देलले आन्दोलनकारीलाई वार्तामा आउन आह्वान गरेका छन्।
मंगलबार राति दुई मिनेट लामो भिडियो सन्देश जारी गर्दै प्रधानसेनापति सिग्देलले भने,
“यस विषम परिस्थितिमा शान्तिपूर्ण रूपमा निकास दिन आन्दोलनका कार्यक्रम स्थगित गरी वार्तामा आउन आह्वान गर्दछु।”
सेनापतिको सन्देश
उनले हालसम्म भएको जनधनको अपूरणीय क्षतिप्रति नेपाली सेनाले गहिरो सहानुभूति व्यक्त गरेको उल्लेख गर्दै थप क्षति हुन नदिन सबै पक्षलाई संयमता अपनाउन आग्रह गरे।
“शान्ति, सुरक्षा, अमनचयन एवम् राष्ट्रिय एकता र सद्भाव कायम गर्नु हामी सबैको साझा दायित्व हो,” उनले भने।
त्यसैगरी उनले राष्ट्रिय तथा ऐतिहासिक सम्पदा, सार्वजनिक तथा निजी सम्पत्ति, आम नागरिक, कूटनीतिक नियोग र नागरिकको सुरक्षाको प्रत्याभूति दिलाउँदै राष्ट्रको हितको रक्षा गर्नुपर्ने जिम्मेवारी सबैको साझा कर्तव्य भएको बताए।
आन्दोलनको पृष्ठभूमि
सोमबारदेखि काठमाडौंसहित देशैभर उग्ररूप लिएको ‘जेन-जी’ आन्दोलनमा हालसम्म २० जनाभन्दा बढीको ज्यान गइसकेको छ भने सयौं घाइते भएका छन्। राजधानीमा मात्र प्रमुख नेताका घर, राष्ट्रपति निवास, सिंहदरबार, संसद् भवन, सर्वोच्च अदालत, विशेष अदालत, अख्तियार दुरुपयोग अनुसन्धान आयोगलगायत सरकारी भवनमा आगजनी भइसकेको छ।
निजी क्षेत्रका सम्पत्तिमा समेत ठूलो क्षति पुगेको छ।
यसअघि जंगी अड्डाले विज्ञप्ति जारी गर्दै आन्दोलनकारीलाई संयमता अपनाउन अपिल गरेको थियो।
-
१.
-
२.
-
३.
-
४.
-
५.
-
६.
-
७.
-
८.
-
९.
-
१०.
