लोकसारथि संवाददाता, काठमाडौं ।
आगामी सरकारको नेतृत्वमा पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई अघि बढाउने प्रस्ताव सार्वजनिक भएपछि राजनीतिक परिदृश्यमा नयाँ विवाद सुरु भएको छ।
बुधबार दिउँसो जेनजी आन्दोलनका प्रतिनिधिहरूले कार्कीको नाम अघि सारेपछि नेपाली सेनाको जंगीअड्डा बाहिर ठूलो संख्यामा युवा भेला भई विरोध प्रदर्शन गरेका छन्। उनीहरूले कार्कीलाई नेतृत्वमा ल्याउन नहुने भन्दै नाराबाजी गरेका हुन्।
बालेनलाई अघि सार्ने युवाको दबाब
कार्कीको पक्षमा काठमाडौं महानगरका मेयर **बालेन्द्र शाह (बालेन)**ले खुलेरै समर्थन जनाइसकेका छन्। तर जंगीअड्डामा भेला भएका भीडले भने “नेतृत्वमा बालेनलाई नै अघि बढाउनुपर्छ” भन्दै नारा लगाइरहेका थिए।
युवाहरूले सामाजिक सञ्जाल डिस्कर्डमार्फत दिनभर कसलाई नेतृत्वमा ल्याउने भन्ने विषयमा छलफल गरेका थिए। त्यही क्रममा कार्कीको पक्षमा बलियो मत राखिए पनि धेरैले बालेनको नाम समेत अघि सारेका थिए। तर, बालेनले प्रत्यक्ष सम्पर्क नगरेको भन्दै कतिपय असन्तुष्ट देखिएका छन्। मंगलबार बेलुकी उनले आफ्नो स्टाटसमार्फत जेनजीलाई सेना प्रमुखसँग वार्ता गर्न तयार रहन भनेका थिए।
जंगीअड्डामा वार्ता र मतभेद
बुधबार बिहान जेनजी प्रतिनिधि वार्ताका लागि जंगीअड्डा पुगेका थिए। तर १५ जनाभन्दा बढीको टोली पुगेपछि सेनाप्रमुख अशोकराज सिग्देलले “पहिले आ–आफसमा सहमति गरेर, संयोजक तोकेर आउन” आग्रह गरेका थिए। त्यसपछि जंगीअड्डाकै एक कोठामा आन्तरिक बैठक बसेको थियो।
बैठकमा कतिपय प्रतिनिधिले गणतान्त्रिक व्यवस्थाविरुद्ध समेत प्रस्ताव राखेपछि रक्षा बम नेतृत्वको समूह बैठक छाडेर बाहिरिएको थियो। अन्ततः, छलफलको निष्कर्षमा भने पूर्वप्रधानन्यायाधीश कार्कीको नेतृत्वमा नागरिक सरकार बनाउने सहमति बनेको स्रोतले जनाएको छ।
-
१.
-
२.
-
३.
-
४.
-
५.
-
६.
-
७.
-
८.
-
९.
-
१०.
