logo

आइतबार, २८ भाद्र २०८३

आइतबार, भाद्र २८ २०८३

नयाँ प्रधानमन्त्री कार्कीलाई स्वागत तयारीका लागि गृह मन्त्रालयलाई निर्देशन”

नयाँ प्रधानमन्त्री कार्कीलाई स्वागत तयारीका लागि गृह मन्त्रालयलाई निर्देशन”


  • शुक्रबार, भाद्र २७ २०८२
  • 780
    SHARES

    लोकसारथि संवाददाता, काठमाडौं ।
    पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई अन्तरिम सरकारको प्रधानमन्त्री बनाउने सहमति जुटेसँगै शीतलनिवासले गृह मन्त्रालयलाई स्वागतको तयारी गर्न निर्देशन दिएको छ । आज बिहान गृह मन्त्रालयका कर्मचारीलाई नयाँ प्रधानमन्त्रीको स्वागतको तयारी थाल्न भनिएको हो।

    राष्ट्रपति रामचन्द्र पौडेलले बिहीबार राति शीतलनिवासमा कांग्रेस र माओवादी केन्द्रका नेताहरूसँग परामर्श गरेका थिए । यसमा नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेता वर्षमान पुन, कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का र महामन्त्री गगन थापा सहभागी थिए। कार्कीको विषयमा प्रारम्भिक सहमति जुटेसँगै राति १२ बजे गृह मन्त्रालयका कर्मचारीहरूलाई शीतलनिवास बोलाइएको थियो।

    यद्यपि अन्तिम कानुनी प्रक्रिया पूरा नभएको कारण कर्मचारीहरूलाई राति फर्काइए पनि आज बिहान फोनमार्फत स्वागत तयारी थाल्न निर्देशन दिइएको गृह मन्त्रालय स्रोतले जानकारी दिएको छ। राष्ट्रपति पौडेल प्रतिनिधिसभा सदस्य नभएका व्यक्तिलाई प्रधानमन्त्री नियुक्त गर्ने प्रक्रिया कसरी पूरा गर्ने भन्ने विषयमा अझै कानुनविदसँग परामर्शमा रहेका छन्।

    प्रकाशित : शुक्रबार, २७ भाद्र २०८२ , ०९:०० बिहान
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित न्युज
    ताजा अपडेट

    © 2026 All right reserved to loksarathi.com | Site By : SobizTrend