logo

आइतबार, २८ भाद्र २०८३

आइतबार, भाद्र २८ २०८३

अन्तरिम सरकार गठनका लागि राष्ट्रपति कार्यालयमा ९ बजे बोलाइएको वार्ता दिउँसो २ बजेसम्म सारियो”

अन्तरिम सरकार गठनका लागि राष्ट्रपति कार्यालयमा ९ बजे बोलाइएको वार्ता दिउँसो २ बजेसम्म सारियो”


  • शुक्रबार, भाद्र २७ २०८२
  • 637
    SHARES

    लोकसारथि संवाददाता, काठमाडौं ।
    पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई अन्तरिम सरकारको नेतृत्व दिने विषयमा सहमति बने पनि संविधानले तोकेको प्रक्रिया पूरा गर्ने विषय अझै अन्योलमा छ। बिहीबारदेखि राष्ट्रपति रामचन्द्र पौडेल राजनीतिक दल, संविधानविद्, कानुनविद् र जेनजी प्रतिनिधिसँग वार्ता गरिरहेका छन्।

    अन्तरिम सरकार गठनको लागि बिहान ९ बजे बोलाइएको वार्ता दिउँसो २ बजेसम्म सारिएको छ। राष्ट्रपति कार्यालय स्रोतका अनुसार, आन्तरिक तयारीका कारण समय सारिएको हो। बिहीबार मध्यरातबाट सुरु भएको सर्वपक्षीय छलफल शुक्रबार बिहान ३ बजेसम्म चल्यो, तर कार्कीलाई कसरी अन्तरिम सरकारको नेतृत्व दिने भन्ने विषयमा सहमति हुन सकेको छैन।

    संविधान अनुसार प्रधानमन्त्री प्रतिनिधिसभा सदस्य हुनुपर्ने प्रावधानका कारण वार्ता सहमतिमा पुग्न नसकेको बताइएको छ। जेनजी आन्दोलनका युवाहरूले संसद् विघटनलाई मुद्दा बनाएका छन्। राष्ट्रपति पौडेलले संविधानको धारा ६१ (४) अन्तर्गत रहेको ‘बाधा अड्काउ फुकाऊ’ प्रावधान प्रयोग गर्न सकिने वा नसकिने विषयमा संविधानविद् भीमार्जुन आचार्य, विपिन अधिकारीलगायतसँग छलफल गरेका छन्।

    प्रकाशित : शुक्रबार, २७ भाद्र २०८२ , १०:११ बिहान
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित न्युज
    ताजा अपडेट

    © 2026 All right reserved to loksarathi.com | Site By : SobizTrend