logo

आइतबार, २८ भाद्र २०८३

आइतबार, भाद्र २८ २०८३

प्रतिनिधि सभा विगठनसँगै ३० विधेयक पुगे प्रभावहीन अवस्थामा

प्रतिनिधि सभा विगठनसँगै ३० विधेयक पुगे प्रभावहीन अवस्थामा


  • शनिबार, भाद्र २८ २०८२
  • 1.2K
    SHARES

    लोकसारथि संवाददाता, काठमाडौं ।

    प्रतिनिधि सभा विगठनसँगै कुल ३० वटा विधेयक निष्क्रिय भएका छन्। प्रतिनिधि सभाको विधेयक शाखाका प्रमुख त्रिविक्रम पराजुलीका अनुसार तीमध्ये २१ सरकारी र २ गैरसरकारी गरी प्रतिनिधि सभामै उत्पत्ति भएका २३ विधेयक तथा राष्ट्रिय सभाबाट आएका ७ विधेयक परेका छन्।

    २०७९ मंसिर ४ गते सम्पन्न आम निर्वाचनपछि बनेको प्रतिनिधि सभामा दर्ता भएका सबै २३ विधेयक विघटनसँगै निष्क्रिय बनेका हुन्। त्यस्तै राष्ट्रिय सभामा उत्पत्ति भएर पारित भई प्रतिनिधि सभामा विचाराधीन रहेका ७ विधेयक पनि स्वयम् निष्क्रिय भएको संसद सचिवालयले जनाएको छ।

    सचिवालयका प्रवक्ता एकराम गिरीका अनुसार संविधानको धारा १११ मा व्यवस्था भएअनुसार प्रतिनिधि सभा विघटन वा कार्यकाल समाप्त भएमा प्रतिनिधि सभामा विचाराधीन वा राष्ट्रिय सभामा गएका विधेयक स्वयम् निष्क्रिय हुने प्रावधान छ।

    संविधानको धारा १११ को उपधारा (१०) मा भनिएको छ, “कुनै विधेयक प्रतिनिधि सभामा प्रस्तुत भई विचाराधीन रहेको वा प्रतिनिधि सभामा पारित भई राष्ट्रिय सभामा विचाराधीन रहेको अवस्थामा प्रतिनिधि सभा विघटन भएमा वा त्यसको कार्यकाल समाप्त भएमा त्यस्तो विधेयक निष्क्रिय हुनेछ।”

    यससँगै अब नयाँ प्रतिनिधि सभामा पुनः त्यस्ता विधेयक दर्ता गर्ने प्रक्रिया अघि बढाउने तयारी हुनेछ।

    प्रकाशित : शनिबार, २८ भाद्र २०८२ , ०२:२३ बेलुका
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित न्युज
    ताजा अपडेट

    © 2026 All right reserved to loksarathi.com | Site By : SobizTrend