logo

सोमबार, २९ भाद्र २०८३

सोमबार, भाद्र २९ २०८३

प्रधानमन्त्री कार्कीको राजीनामा माग्दै सुदन गुरुङ समूहको बालुवाटारमा नाराबाजी

प्रधानमन्त्री कार्कीको राजीनामा माग्दै सुदन गुरुङ समूहको बालुवाटारमा नाराबाजी


  • सोमबार, भाद्र ३० २०८२
  • 1.3K
    SHARES

    लोकसारथि संवाददाता, काठमाडौं ।
    प्रधानमन्त्री सुशीला कार्कीले मन्त्री छनोटमा मनपरी गरेको भन्दै सुदन गुरुङ नेतृत्वको समूहले प्रधानमन्त्री निवास बालुवाटार अगाडि आइतबार राति नाराबाजी गरेको छ।

    मध्यराति नाराबाजीमा उत्रिएका युवाहरूले ‘प्रधानमन्त्री राजीनामा दे’, ‘मुर्दामाथि राजनीति नगर’ लगायतका नारासहित प्रधानमन्त्री कार्कीको राजीनामा मागेका थिए। जेनजी आन्दोलनका क्रममा मृत्यु भएकाका परिवारका सदस्य पनि नाराबाजीमा सहभागी भएका थिए।

    बालुवाटारस्थित तीन नम्बर गेट अगाडि सुदन गुरुङले सम्बोधन गर्दै भने, “सबसे पावरफुल नेपाली जनता हो, कसैले हामीलाई रोक्न सक्दैन। जुन ठाउँमा लगेर हामीले राखेका छौं, त्यो ठाउँबाट थुतेर निकालिदिन्छु।”

    सुदन गुरुङ नेतृत्वको ‘हामी नेपाल’ समूहकै प्रस्तावमा सुशीला कार्की गत शुक्रबार अन्तरिम प्रधानमन्त्री बनेकी थिइन्। उनले आइतबार मन्त्रिपरिषद् विस्तार गर्दै कानुनविद् ओमप्रकाश अर्याललाई गृहमन्त्री, पूर्वअर्थसचिव रामेश्वर खनाललाई अर्थमन्त्री र पूर्वविद्युत् प्राधिकरण प्रमुख कुलमान घिसिङलाई ऊर्जा मन्त्रीमा नियुक्त गरेकी थिइन्।

    तर, सुदन गुरुङको समूहले मन्त्री नियुक्तिमा आफूहरूसँग सल्लाह नगरी मनपरी गरिएको भन्दै आपत्ति जनाएको छ। विशेषगरी गृहमन्त्रीमा नियुक्त ओमप्रकाश अर्यालको नामप्रति सुदनले आक्रोश प्रकट गर्दै, “यो ओमप्रकाश लाएर आफैंले गृहमन्त्री बनाउँदो रहेछ त्यहाँ भित्र बसेर,” भन्दै असन्तुष्टि व्यक्त गरे।

    युवाहरूको नाराबाजीपछि बालुवाटार परिसरमा सुरक्षाकर्मीको तैनाथी कडा पारिएको थियो।

    प्रकाशित : सोमबार, ३० भाद्र २०८२ , ०७:२४ बिहान
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित न्युज
    ताजा अपडेट

    © 2026 All right reserved to loksarathi.com | Site By : SobizTrend