लोकसारथि संवाददाता, काठमाडौं ।
जेनजी आन्दोलनपछिको राजनीतिक उलथपुलथमा बनेको सुशीला कार्की नेतृत्वको निर्दलीय अन्तरिम सरकारले आठ सदस्यीय मन्त्रिपरिषद् विस्तार गरेको छ । सोमबार चार नयाँ मन्त्रीले शपथ ग्रहण गरेपछि मन्त्रिपरिषद्को संख्या आठ पुगेको हो ।
राष्ट्रपति रामचन्द्र पौडेलले भदौ २७ गते पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई प्रधानमन्त्रीमा नियुक्त गरेका थिए । उनले सोही दिन पद तथा गोपनीयताको शपथ लिएकी थिइन् । एमाले र कांग्रेस नेतृत्वको सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिएपछि कार्कीलाई सरकारको नेतृत्व दिलाइएको हो ।
पहिले नियुक्त भएकाहरू
भदौ ३० गते मन्त्रिपरिषद्मा पहिलो चरणमा
-
रामेश्वर खनाल : अर्थमन्त्री
-
ओमप्रकाश अर्याल : गृह तथा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री
-
कुलमान घिसिङ : ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात तथा सहरी विकास मन्त्री
सोमबार थपिएका मन्त्रीहरू
-
अनिलकुमार सिन्हा : उद्योग, वाणिज्य तथा आपूर्ति, कानुन, न्याय तथा संसदीय मामिला तथा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री
-
डा. महावीर पुन : शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री
-
डा. मदन परियार : कृषि मन्त्री
-
जगदीश खरेल : सञ्चार तथा सूचना प्रविधि मन्त्री
कार्यविभाजन
कार्यविभाजन अनुसार, प्रधानमन्त्री कार्कीले परराष्ट्र, रक्षा, खानेपानी, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक, युवा तथा खेलकुद, वन तथा वातावरण, श्रम, रोजगार तथा सामाजिक सुरक्षा, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन र स्वास्थ्य तथा जनसंख्या मन्त्रालय आफैंले सम्हाल्ने भएकी छन् ।
यससँगै,
-
कुलमान घिसिङले तीन मन्त्रालय — ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास सम्हाल्ने भएका छन् ।
-
अनिलकुमार सिन्हालाई उद्योग, वाणिज्य तथा आपूर्ति, कानुन, न्याय तथा संसदीय मामिला र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको जिम्मेवारी दिइएको छ ।
-
रामेश्वर खनालले अर्थ मन्त्रालयसँगै सामान्य प्रशासन मन्त्रालय पनि सम्हाल्ने भएका छन् ।

-
१.
-
२.
-
३.
-
४.
-
५.
-
६.
-
७.
-
८.
-
९.
-
१०.
