logo

सोमबार, २९ भाद्र २०८३

सोमबार, भाद्र २९ २०८३

चार देशका राजदूतद्वारा प्रधानमन्त्री कार्कीलाई शिष्टाचार भेट

चार देशका राजदूतद्वारा प्रधानमन्त्री कार्कीलाई शिष्टाचार भेट


  • बिहिबार, असोज ९ २०८२
  • 871
    SHARES

    लोकसारथि संवाददाता, काठमाडौं ।
    प्रधानमन्त्री सुशीला कार्कीलाई चार देशका राजदूतहरूले आज शिष्टाचार भेट गर्ने भएका छन्।

    प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार युरोपेली संघ (ईयू) का राजदूतसहित फ्रान्स, जर्मनी र फिनल्यान्डका राजदूतहरूले दिउँसो साढे २ बजे सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमै भेट गर्ने कार्यक्रम तय भएको छ।

    हालैको ‘जेनजी आन्दोलन’सँगै भएको राजनीतिक परिवर्तनपछि नेपालमा अन्तर्राष्ट्रिय समुदायको चासो बढिरहेको सन्दर्भमा यो भेटलाई महत्वपूर्ण रूपमा हेरिएको छ।

    यसअघि भारत, अमेरिका र चीनका राजदूतहरूले पनि प्रधानमन्त्री कार्कीलाई भेट गरिसकेका छन्।

    प्रकाशित : बिहिबार, ९ असोज २०८२ , ११:२४ बिहान
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित न्युज
    ताजा अपडेट

    © 2026 All right reserved to loksarathi.com | Site By : SobizTrend