१२ असोज, काठमाडौं ।
भदौ २३ र २४ गते भएको जेन–जेड आन्दोलनका घटनाबारे छानबिन गर्न बनेको आयोगले तत्कालीन उच्च पदस्थ व्यक्तिहरुको विदेश भ्रमण तत्काल रोक्का गर्ने निर्णय गरेको छ।
आयोगले असोज १२ गते बसेको बैठकपछि जारी गरेको प्रेस विज्ञप्तिमा छानबिनका क्रममा आवश्यक सोधपुछ गर्नुपर्ने भएकाले उनीहरूको विदेश यात्रा रोक्का गर्न गृह मन्त्रालयलाई पत्राचार गर्ने निर्णय भएको उल्लेख छ। साथै, उनीहरूलाई आयोगको अनुमति बिना काठमाडौं उपत्यका बाहिर जान समेत निषेध गरिएको छ।
आयोगले विदेश भ्रमण रोक्का सूचीमा समावेश गरेका पाँच जना यसप्रकार छन् :
-
तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली
-
तत्कालीन गृहमन्त्री रमेश लेखक
-
तत्कालीन गृहसचिव गोविन्दप्रसाद दुबाडी
-
तत्कालीन राष्ट्रिय अनुसन्धान विभाग प्रमुख हुतराज थापा
-
तत्कालीन काठमाडौंका प्रमुख जिल्ला अधिकारी छविलाल रिजाल

आयोगले छानबिन प्रक्रियालाई सहज बनाउन जनसाधारणलाई समेत आवश्यक जानकारी उपलब्ध गराउन गृह मन्त्रालयलाई आग्रह गरेको छ। आयोगले तोकेको समयसीमा भित्र घटनाबारे विस्तृत प्रतिवेदन पेश गर्ने तयारी गरिरहेको जनाएको छ।

-
१.
-
२.
-
३.
-
४.
-
५.
-
६.
-
७.
-
८.
-
९.
-
१०.
