काठमाडौँ । धरानका मेयर हर्कराज साम्पाङले आफूले गठन गर्न लागेको नयाँ राजनीतिक दल ‘श्रम संस्कृति पार्टी’मा झण्डा नहुने स्पष्ट पारेका छन् ।
उनले सोमबार सामाजिक सञ्जालमार्फत पार्टीको प्रारम्भिक अवधारणा सार्वजनिक गर्दै भने, “पार्टीमा चुनाव चिह्न मात्रै रहनेछ, झण्डा प्रयोग गरिँदैन।”
साम्पाङका अनुसार पार्टीमा ‘कार्यकर्ता’ भन्ने शब्द प्रयोग हुने छैन । बरु, सबै सदस्यलाई ‘श्रमदाता’ भनिने छ । “कोही कसैको कार्यकर्ता बन्नु पर्ने छैन, सबैले देशका लागि श्रमदान गर्ने भएकाले ससम्मान ‘श्रमदाता’ भनिनेछ,” साम्पाङले भने ।
साम्पाङले पार्टीमा व्यक्तिको स्वतन्त्र अभिव्यक्ति अधिकारलाई पूर्णरूपमा सुरक्षित गरिने प्रतिबद्धता पनि जनाएका छन् । “ह्वीप जारी गरेर कसैलाई दबाइने छैन, व्यक्तिको बोल्नपाउने अधिकारलाई सम्मान गरिनेछ,” उनले भने ।
यसअघि उनले श्रम संस्कृति पार्टी दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएका छन् । निवेदनमा साम्पाङलाई नै पार्टीको संयोजक प्रस्ताव गरिएको छ ।
हर्कराज साम्पाङ : छोटकरीमा प्रोफाइल
-
जन्म/पृष्ठभूमि : धरान निवासी हर्कराज साम्पाङ (हर्क साम्पाङ) लामो समय सामाजिक अभियानमा सक्रिय रहे ।
-
सामाजिक अभियान : धरानको खानेपानी र सरसफाइ समस्यासम्बन्धी निरन्तर अभियानका कारण उनी चर्चामा आए ।
-
राजनीतिक यात्रा :
-२०७९ सालमा स्वतन्त्र उम्मेदवारका रूपमा धरान उपमहानगरपालिकाको मेयरमा निर्वाचित ।
-मुख्य एजेन्डा खानेपानी, भ्रष्टाचारविरुद्धको अभियान, श्रम र जनसहभागिता ।
-
राजनीतिक शैली : जनसाधारणसँग प्रत्यक्ष संवाद गर्ने, सस्तो जीवनशैली अपनाउने र ‘मलाइ कार्यकर्ता चाहिँदैन, श्रमदाता चाहिन्छ’ भन्ने फरक शैलीका कारण लोकप्रिय ।
-
नयाँ पहल : ‘श्रम संस्कृति पार्टी’ गठनमार्फत अब औपचारिक राजनीति गर्ने तयारी ।
-
१.
-
२.
-
३.
-
४.
-
५.
-
६.
-
७.
-
८.
-
९.
-
१०.
