१३ असोज, काठमाडौं । पूर्वसभामुख ओनसरी घर्तीमगर र कृष्णबहादुर महराले संसद् सचिवालयबाट लिएको गाडी सुविधा फिर्ता गरेका छन्।
पूर्व सभामुखलाई मन्त्रिपरिषद्को निर्णयका आधारमा संसद् सचिवालयले गाडी सुविधा उपलब्ध गराउँदै आएको थियो । गाडीका साथै इन्धन, चालक र अन्य सुविधा समेत प्रदान हुँदै आएको थियो । तर, सरकारले हालै सेवानिवृत्त राजनीतिक तथा प्रशासनिक पदाधिकारीलाई दिइँदै आएका सबै सुविधा फिर्ता गर्ने निर्णय गरेपछि यो प्रक्रिया सुरु भएको हो ।
मन्त्रिपरिषद्को निर्णयअनुसार सुविधा कटौती
असोज ५ गते बसेको मन्त्रिपरिषद् बैठकले अनुत्पादक खर्च कटौती र मितव्ययीता कायम गर्ने निर्णय गरेको थियो । सोही आधारमा अर्थ मन्त्रालयले गृह र रक्षा मन्त्रालयलाई पत्राचार गर्दै प्रचलित कानुनबाहेक दिइएका सबै सुविधा फिर्ता गर्न निर्देशन दिएको थियो ।
त्यसपछि संघीय संसद् सचिवालयले सेवानिवृत्त पदाधिकारीसँग सम्पर्क गरेको र आइतबार पूर्वसभामुख घर्ती र महराले गाडी फिर्ता गरेको जनाएको छ ।
अन्य पूर्वपदाधिकारीको प्रतिबद्धता
-
पूर्वसभामुख अग्निप्रसाद सापकोटा र तारानाथ रानाभाटले दशैं बिदा सकिएलगत्तै गाडी बुझाउने प्रतिबद्धता जनाएका छन् ।
-
राष्ट्रिय सभाका पूर्वअध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले भने गाडी फिर्ता गरिसकेका छन् ।
कानुन विपरीत प्रयोग भएकासमेत फिर्ता गराइने
संसद् सचिवालयका अनुसार कानुन विपरीत गाडी प्रयोग गरिरहेका अरु पदाधिकारी अझै बाँकी छन् । प्रतिनिधि सभा र राष्ट्रिय सभाका नेतृत्व सचिवालयमा रहेका सहसचिवस्तरका अधिकारीले समेत गाडी सुविधा लिइरहेको पाइएको छ । ती गाडी पनि फिर्ता गराउने विषयमा छलफल भइरहेको सचिवालय स्रोतले जनाएको छ ।
-
१.
-
२.
-
३.
-
४.
-
५.
-
६.
-
७.
-
८.
-
९.
-
१०.
